साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश – १५)

बाटो पक्रूँ कलाको नव रवि म बनूँ विश्व आँखा उघारोस् । चिन्ता दिक्दार जम्मै नरमन रिपु हुन् शून्य पारी बढारोस् ॥ अग्लो सम्मान पस्की मनुज गुण लिऊँ वृद्ध हाँसून् बिचारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

अग्ला छन् कर्म ज्यादै तर म छु बबुरो लाग्छ भित्री कुनामा ।
मेसो पक्री खटेमा दिनदिन तिनले प्राप्ति दिन्छन् दुनामा ॥
छोडौँ मागेर हिँड्ने भवभर दगुरी बाहु आफ्ना पसारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥७१॥

लेखूँ सन्मार्ग खुल्ने नरहित पथका काव्यमाला सजाऔँ ।
अल्छी गर्दै नपढ्ने चलन छ ननिको दूर डाँडो कटाऔँ ॥
पढ्दै सद्ज्ञान पक्रे सुख उदय भई सौख्य मिल्छन् सकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥७२॥

गर्ने चोरीचकारी खल रिपु सम हुन् जेलमा कोच्नुपर्छ ।
पाई सन्मार्ग सङ्लो गिरि सम शिर होस् देश यो बोक्नुपर्छ ॥
पोखूँ प्यारो क्रियाले सब बुध जन हुन् वृद्ध चिन्दै पुजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥७३॥

बाटो पक्रूँ कलाको नव रवि म बनूँ विश्व आँखा उघारोस् ।
चिन्ता दिक्दार जम्मै नरमन रिपु हुन् शून्य पारी बढारोस् ॥
अग्लो सम्मान पस्की मनुज गुण लिऊँ वृद्ध हाँसून् बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥७४॥

फुल्नेछन् फूल लाखौँ मलजल तिनको गर्न जान्नेछ माली ।
सुक्नेछन् फूल जम्मै हित कृत नहुँदा बाग बन्नेछ खाली ॥
दिन्छन् सञ्ज्ञान सङ्लो हरपल म लिऊँ वृद्धवृद्धा बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥७५॥

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x