साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकल बाल प्रतिभा पुरस्कार  वितरण समारोह सम्पन्न

प्रमुख अतिथि खोलाघरे साहिँलो, विशेष अतिथि विजय चालिसे, सभापति तथा समाजका उपाध्यक्ष विमल अर्याल, समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिलगायतकाे उपस्थिति थयाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ असोज ४ । अभिनव साहित्य समाजले २२ औ विकल बाल प्रतिभा पुरस्कार छनौट तथा वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रसिद्ध साहित्यकार रमेश विकलज्यूको नाममा यस समाजद्वारा स्थापित पुरस्कार कोश(हाल २७००००: ००) बाट प्राप्त व्याज र प्रवेश शुल्कको आधारमा मा.वि.स्तरीय आशु (स्थलगत) कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ । जसमा बाल संसार मा.वि.का कृसप पौडेल प्रथम हुनुभएको छ ।

यसैगरी कान्ति भैरव गुरुकुलका पुसप खरेल, विद्या व्यायामका सविन सुनार, ग्रीन तथा चाइल्ड हेभेनका पारस ढौली र विद्या सागरबाट सञ्जु राई क्रमशः द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको लागि विजयी भएका छन् । उनीहरुलाई नगद रु ५०००, ३०००, २००० र १००० नगद, प्रमाणपत्र र एक बालसाहित्यका पुस्तक प्रदान गरिएको छ ।

यसैगरी सहभागी सबैलाई प्रमाणपत्र र एकएकवटा बाल साहित्यका पुस्तक प्रदान गरिएको छ । प्रमुख अतिथि खोलाघरे साहिँलो, विशेष अतिथि विजय चालिसे, सभापति तथा समाजका उपाध्यक्ष विमल अर्याल, समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिलगायतका पदाधिकारीहरुले पुरस्कारहरु प्रदान गर्नुभएको र समारोहलाई सम्बोधन गर्नुभएको थियो ।

शारदा पराजुलीको उद्घोषण, परशुराम पराजुली, मेनका आचार्य र रञ्जु दाहालको निर्णायकत्व, बी.पी. इलामेको संयोजकत्व तथा स्वागत मन्तव्य, घनश्याम प्रसाई र नवराज पुडासैनीको व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

सहभागी विद्यालय र विद्यार्थीहरुमा सुनौलो भविष्यबाट लक्ष्मी तिमल्सिना र सुदिप गिरी, गोकर्णेश्वर महादेवबाट रुवी खड्का र सोनिया पौडेल, अलमाइटी आइडियल मोडलबाट कृजल सापकोटा, अरुणोदय मा.वि.बाट निखिल चौधरी र शिशिर धिताल, आइलेन्स स्कुलबाट दिव्या ढकाल र यस्मी श्रेष्ठ, रिम्स स्कुलबाट यनिशा बराइली र दिपदर्शन न्योपाने, नव अरुणिमाबाट स्नेहा राई र क्रिष्टोफर कार्की, लिम्पीया स्कुलबाट रिहान खड्का र सिहाना तामांग, कान्तिभैरव गुरुकुलबाट राज पराजुली, याम्वेसडर एकेडेमीबाट रियाशा रिमाल र पासांग डोल्कर शेर्पा, चामुण्डा मा.वि.बाट रोशनी चौलागाई र निमा डेन्डी शेर्पा, उत्तरवाहिनी स्कुलबाट समृद्धि श्रेष्ठ र आयुशा तिमल्सिना, विद्या व्यायामबाट युना श्रेष्ठ, सरस्वती मा.वि.बाट सुशान्त कोइराला र कुशल गौतम, जेनिसिकबाट सरिता तामांग, मनास्लुबाट प्रिन्सिका लामिछाने र युनिका दाहाल, त्रिकोण पब्लिक स्कुलबाट अनुजा पोखरेल र इष्टपोल मा.वि.बाट आरोही चौलागाई र प्रवेश बस्नेत रहनुभएको थियो ।

सहभागी विद्यालयहरु, शिक्षक शिक्षिकाहरु र अन्य सबै सहयोगी प्रति अभिनव साहित्य समाज हार्दिक आभार व्यक्त गर्दछ ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wedmani Ghimire
Wedmani Ghimire
1 year ago

धेरै धेरै धन्यवाद छ नरनाथ र फित्काैली परिबारलाइ

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x