साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकाव्यकार मुना अर्याललाइ ५१ हजार राशिको महालक्ष्मी साहित्य पुरस्कार

"आत्म सलिल (२०७६)" महाकाव्यकी सर्जक ओशोभक्त अर्यालको अनुवाद कृति "ईश्वराम्मा (२०६०)" प्रकाशित छन् भने तथा "महाकाश (२०८०)" अघिल्लो वर्ष मातृभूमिको स्थापना दिवसकै अवसरमा विमोचन गराउनु भएको हो ।

Nepal Telecom ad

मकवानपुर, २०८१ असोज ५ । मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैङ्कको संयुक्त रुपमा प्रदान गरिने “महालक्ष्मी साहित्य पुरस्कार, २०८०” महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमबिच अर्याललाई ५१ हजार राशिसहित सम्मानपत्रले सम्मान गरिएको हो । यसअघि सो पुरस्कारबाट प्रा.डा. गोविन्दराज भट्टराई सम्मानित हुनु भएको थियो ।

“आत्म सलिल (२०७६)” महाकाव्यकी सर्जक ओशोभक्त अर्यालको अनुवाद कृति “ईश्वराम्मा (२०६०)” प्रकाशित छन् भने तथा “महाकाश (२०८०)” अघिल्लो वर्ष मातृभूमिको स्थापना दिवसकै अवसरमा विमोचन गराउनु भएको हो । यस्तै २०७६ मा नुवाकोटमा सम्मानित आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अर्याल गत चैत्रमा उहाँ चितवनमा पल्लव राष्ट्रिय पुरस्कार २०८० लगायत ३ पुरस्कारबाट सम्मानित हुनु भएको थियो ।

कार्यक्रममा “मकवानपुर श्री सम्मान २०८१” बाट शिक्षाप्रेमी बद्रीनाथ शर्मा अर्याल सम्मानित हुनु भएको छ । मकवानपुर जिल्लामा रही शिक्षा क्षेत्रबाट जिल्लाको उन्नयनमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनु भएको भन्दै संस्थाले उहाँलाई सो सम्मान प्रदान गरेको हो ।

“केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८०” बाट हेटौँडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपाने सम्मानित हुनु भएको छ । १० हजार राशिको सो पुरस्कार समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गर्नु भएको हो ।

मातृभूमि साहित्य समाज मकवानपुरका संस्थापक अध्यक्ष हयग्रीव आचार्यले सम्मानित व्यक्तिहरुको संक्षिप्त परिचय दिनु भएको थियो ।

कार्यक्रममा अनुसुया खनाल, मनोज मधुर, स्वस्तिका दाहाल, अमृता लामिछाने, सुवास खनाललगायतले रचना वाचन गर्नुभयो ।

मातृभूमिका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तिरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महालक्ष्मी विकास बैङ्कका क्षेत्रीय प्रबन्धक शम्भुप्रसाद पराजुली विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा मातृभूमिका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, बैङ्कका हेटौँडा शाखा प्रबन्धक अनन्तराज धितालका साथै मकवानपुरका साहित्यकारहरू देवराज खरेल, शान्ति प्रियवन्दना, भावना सापकोटा, निमेष निखिल, डीबी बर्तौला, देवराज तिवारी, राजकुमार लामिछानेका साथै बैङ्कका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

रोयल प्यालेस हेटौँडामा आयोजित कार्यक्रमलाई मातृभूमिका सानु खनालले सहजीकरण गर्नु भएको हो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x