साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सडक तँलाई स्वागत छ !

नेपाली जनताजस्तै तँ पनि खटेर सहेर बस् दीन गएर दिन आउला तेरो पनि र रमाउलास् भारी बोक्नेको खेमामा ए सडक ! तँलाई स्वागत छ !

Nepal Telecom ad

घनश्याम रेग्मी :

बनेदेखि
अहिलेसम्म
लमतन्न काँध थापेर
भोकै
घाम पानी खपेर
ठुला साना
सबै प्रकारका
सवारीलाई
गन्तव्यमा पुर्‍याउने
हामी
भोटरजस्तै
निर्वाध
खटिरहने
ए ! सडक
तँलाई स्वागत छ !

निस्वार्थ बलिदान
कहाँ गाइन्छ र
तैपनि
अनवरत
खटिएको छस्
चरण धुली बनेर
आफूभन्दा
अरुको लागि
बाँचेको तँ
गरिब
र धनीमा
छैन विभेद
सधैँ
एकनास
जोतिएकै छस्
हर नाङ्गै छ
टालो पाएको छैनस्
मर्मतका नाममा
हाँडीघोप्टेहरूले
निकासा गरेर
कुम्लो पारिसके
मापदण्ड मिचेर
त्यान्द्रो पारिसके
तैपनि तँ
चुपचाप सहन्छस्
कति दरबार पसे
त्यही बाटो भएर
तँ भने
यतै छस्
आफ्ना साथी ठानेर
हामीलाई
छोडेको छैनस्
ए सडक
तेरो कर्मठ व्यवहार
राज्यले
कहिले देख्ला
खै ?
आरीघोप्टे पानीले
चुट्नसम्म
तँलाई चुट्छ
हाँडीघोप्टे नेताहरू
तैँलाई चेप्छन्
दलालका भरौटेहरू
तेरो छातीमा
आन्दोलन
र चक्काजाम गर्छन्
तैपनि सहन्छस्
ए सडक !
हाम्रो बस्तीमा
स्वागत छ तँलाई ।

त्यो
तेरो छातीमा
आस दौडाए
निराश दौडाए
बाँस दौडाए
घाँस पलाए
कतिले रोपाइँ गरे
कतपल्ट
तेरो छाती
चिर्छ
पानी संस्थानले
पिर्छ
बिजुली
र फोन संस्थाले
धन्न तँ छस् र
सहन्छस्
सहन त
तँबाट
सिके हुन्थ्यो
मान्छेहरूले
तेरो सहनशीलतालाई
सलाम छ
ए सडक
तँलाई स्वागत छ !

लेन मिच्नेहरू
चेन खिच्नेहरू
घुस घिच्नेहरू
तैँलाई दोषारोपण गर्छन्
चर्कियो
उक्कियो
भत्कियो भन्छन्
र खाने
मेसो मिलाउँछन्
भतभती पोलेको
घाउ भएको
खाल्डाखुल्डी परेको
अहँ देख्दैनन्
बजेट
असारमा
दाम
हतारमा
मन
कतारमा
काम
लतारपतारमा
तर दोष
तँमा
तैपनि
दासले पिठ थापे झैँ
थापिरहन्छस्
सलल
चिल्लो
र व्यवस्थित
कहिले होलास् तँ
तेरो अभिभारा
ए सडक !
खप्नु त पर्छ नै

अर्थात्
नेपाली जनताजस्तै
तँ पनि
खटेर
सहेर
बस्
दीन गएर
दिन आउला
तेरो पनि
र रमाउलास्
भारी बोक्नेको
खेमामा
ए सडक !
तँलाई स्वागत छ !

०००
नेपालगञ्ज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x