साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

थलका जलका नभका तल छन् । नरका ननिका तरिका लत छन् ॥ कलिको युग यो शठको वश भो । भरिया करिया जनमा भय भो॥ सिपका गुणका जनता पर छन् । भँडुवा गजुवा मनुवा वर छन् ॥

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ :

अति छन् सपना सब मानिसका ।
बिपना पनि छन् सपनासरिका ॥
कति छन् जनका नपना जपना ।
खुब छन् पधनाजनका लहना ॥१

भरिला बलिया कसिला मत छन् ।
निमुखाजतिका श्रम शोषक छन् ॥
नव नायकका खतरा रथ छन् ।
दुखियाजनका मनका बह छन् ॥२

धनमा पदमा मदमा खुस छन् ।
लुटका झुटका पथका पुल छन् ॥
लफडा पकडा झगडा अझ छन् ।
दुविधापनका गफका क्षण छन् ॥३

गुटका खलका छलका पल छन् ।
दलका बलका भ्रमका शर छन् ॥
थलका जलका नभका तल छन् ।
नरका ननिका तरिका लत छन् ॥४

कलिको युग यो शठको वश भो ।
भरिया करिया जनमा भय भो॥
सिपका गुणका जनता पर छन् ।
भँडुवा गजुवा मनुवा वर छन् ॥५

सुकिला गतिला मनु ती अघि छन् ।
बबुरा बुथुरा लुखुरा पछि छन् ॥
पदका धनका मदका जन छन् ।
पधुरो नखरासरिका मति छन् ॥६

०००
बट्टार, नुवाकोट । हालः बालाजु, काठमाडौँ ।

मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धाहरू बचाऔँ

वृद्धाहरू बचाऔँ

के.पी. पाैडेल
देखियो पक्षपात

देखियो पक्षपात

के.पी. पाैडेल
उनी (आमा)

उनी (आमा)

के.पी. पाैडेल
भन्दैन कोही पनि

भन्दैन कोही पनि

के.पी. पाैडेल
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
र ऊ बन्ला कस्तो ?

र ऊ बन्ला कस्तो...

कलानिधि दाहाल
खुसी मान्छे

खुसी मान्छे

डा. छायादत्त न्यौपाने ‘बगर’
छ कहाँ भविष्य ?

छ कहाँ भविष्य ?

चन्द्रप्रसाद न्याैपाने
बेताल छ

बेताल छ

प्रकाश अर्याल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x