
मान्छे
थलका जलका नभका तल छन् । नरका ननिका तरिका लत छन् ॥ कलिको युग यो शठको वश भो । भरिया करिया जनमा भय भो॥ सिपका गुणका जनता पर छन् । भँडुवा गजुवा मनुवा वर छन् ॥

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ :
अति छन् सपना सब मानिसका ।
बिपना पनि छन् सपनासरिका ॥
कति छन् जनका नपना जपना ।
खुब छन् पधनाजनका लहना ॥१
भरिला बलिया कसिला मत छन् ।
निमुखाजतिका श्रम शोषक छन् ॥
नव नायकका खतरा रथ छन् ।
दुखियाजनका मनका बह छन् ॥२
धनमा पदमा मदमा खुस छन् ।
लुटका झुटका पथका पुल छन् ॥
लफडा पकडा झगडा अझ छन् ।
दुविधापनका गफका क्षण छन् ॥३
गुटका खलका छलका पल छन् ।
दलका बलका भ्रमका शर छन् ॥
थलका जलका नभका तल छन् ।
नरका ननिका तरिका लत छन् ॥४
कलिको युग यो शठको वश भो ।
भरिया करिया जनमा भय भो॥
सिपका गुणका जनता पर छन् ।
भँडुवा गजुवा मनुवा वर छन् ॥५
सुकिला गतिला मनु ती अघि छन् ।
बबुरा बुथुरा लुखुरा पछि छन् ॥
पदका धनका मदका जन छन् ।
पधुरो नखरासरिका मति छन् ॥६
०००
बट्टार, नुवाकोट । हालः बालाजु, काठमाडौँ ।
मोबाइल नं. ९८४१७५८१८४
Subscribe
Login
0 Comments
Oldest