साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोड्से साहित्यकार जिन्दावाद

गोड्सेज्यूसँग मेरो परिचय त्यति पुरानो नभए पनि ज्यादै नयाँ पनि होइन । एक दिन कुरै कुरामा उहाँले के ओकल्नुभयो भने उहाँलाई साहित्य सप्रनु र बिग्रनुसँग कुनै चासो या सरोकार छैन- नाम भए पुग्यो ।

Nepal Telecom ad

बालमुकुन्ददेव पाण्डे

गोड्से महान् थियो किनभने उसले हिन्दू-मुसलमान दाजु भाइ हुन् भनेर चिच्याउने लङ्गौटीवाल गान्धीलाई गोली ठोकेर मारिदियो र मर्न लागेको हिन्दु धर्मलाई बचायो । त्यस्ता गोड्सेको सम्झनामा हिन्दुहरूले ठूलो स्मारक खडा गर्नु पर्छ जसमा प्रत्येक हिन्दुले फूलमाला चढाएर आफ्नो कृतज्ञता प्रकट गर्न पाउँथे ।

खुसीको कुरा के छ भने नाथुराम गोड्सेले आफ्नो देह त्यागे पनि उसका सिद्धान्त दिन प्रति दिन जीवनका धेरै क्षेत्रमा अनुशरण गरिन लागेको छ- विशेषगरी उसको पिशाच हाम्रो एक स्वनामधन्य कथाकार र सिद्ध आलोचकमा सरेको छ । नाम किट्ने आवश्यक छैन, नेपाली साहित्यका गोड्सेकै रुपमा उहाँ ज्यादै प्रख्यात भइसक्नुभएको छ ।

श्रीमान् गोड्से कहिलेदेखि साहित्यकार बन्नुभयो त्यो त थाहा छैन तर सुनिन्छ महात्मा गान्धीलाई गोली ठोक्ने गोड्सेलाई झुन्डाइएपछि नै उसको सम्झनामा उहाँले कलम चोप्नुभयो । उहाँको सिद्धान्त अरुलाई मारेर आफू बाँच्नु हो तर दुःखको कुरा के भने उहाँ जसलाई मार्न खोज्नुहुन्छ त्यो उहाँको अगाडि पहाड बनेर उभिदिन्छ । पहाडलाई कुइनाले घुच्याएर (कुइना रगतपिच्छे भए होस्) उहाँ गम्कनु हुन्छ, ‘मैले पहाडलाई बेस्सरी कुटे ।’ गोड्सेज्यूसँग मेरो परिचय त्यति पुरानो नभए पनि ज्यादै नयाँ पनि होइन । एक दिन कुरै कुरामा उहाँले के ओकल्नुभयो भने उहाँलाई साहित्य सप्रनु र बिग्रनुसँग कुनै चासो या सरोकार छैन- नाम भए पुग्यो । नाथुराम गोड्से, ली हार्भे ओस्वाल्ड, हिटलर आदिलाई उहाँ ज्यादै मान्नुहुन्छ । यसको रहस्य पैलाउन पनि मलाई केही बेर लागेन । एक दिन नयाँ सडकको एउटा रेस्टुरामा घोत्लिरहनु भएका गोड्सेज्यूलाई देखेर म तीनछक भएँ, उहाँले गम्भीरतासँग भन्नुभयो- “कलमले मात्र नाम कसरी चलाउने ? जथाभावी बकुँ छापिदिने पत्रिका छैनन्, न कुलू त नामको पत्तो फाँट केही नरहने । बल्ल बल्ल अस्ति ‘जुहारत श्रीमान्’ ले एउटा लेख छापिदिन्छु भन्यो । त्यसभन्दा चर्का लेख महिनाको दुई चार वटा छपाउन पाए त आहा ! गोड्से, ओस्वाल्ड, हिटलर आदिभन्दा के कम हुने थिएँ र ।”

गोड्सेज्यू पढ्नुहुन्न, लेख्नुहुन्छ । पढेर लेख्नु उहाँको दृष्टिमा निकृष्ट काम हो किनभने पढेर लेखेपछि आफ्नो लेखमा पढिएको कुराको गन्ध आइहाल्छ भनेर उहाँ भन्नुहुन्छ । उहाँको महानता नस्विकारी सुखै छैन । उहाँ मौलिकताको नम्बरी पक्षपाती-प्रत्येक लेखकले प्रत्येक शब्द वाक्य सकिन्छ भने अक्षर पनि ! पहिले कसैले प्रयोग नगरेको लेख्नुपर्छ अनि पो हुन्छ भन्नुहुन्छ । त्यसैले उहाँ भावलाई गौण र भाषालाई प्रधान मान्नुहुन्छ भाव र भाषा दुवै राम्रो भएका लेखकलाई चाहिँ नरम भएर उहाँ उपदेश दिनुहुन्छ वाक्य र शब्द मौलिक भएन । यस्तै छ- उहाँ कहिले आफ्ना अनुयायीहरूद्वारा घेरिनु भएको हुन्छ त कहिले एक्लै झोक्रिरहेका । आफन्तलाई उहाँ छुरा रोप्नु र पराइलाई भाला रोप्नु महान् कर्तव्य ठान्नुहुन्छ’ उहाँ आफ्ना समकालिन साहित्यकारहरूलाई मारेर तिनीहरूको लासउपर रजाइँ गरेर आफ्नै

नाम फिँजाउन ज्यादै उत्सुक हुनुहुन्छ । रोमान्टिक पनि कम हुनुहुन्न उहाँ । महिनैपिच्छे नयाँ-नयाँ ठिटीहरूसँग प्रेम गर्नु उहाँ ठूलो कर्तव्य ठान्नुहुन्छ । श्रीमान् साहित्यकार गोड्सेका बारेमा आफूले थाहा पाएका अलिकति कुरा यहाँ पोखें त्यस्ता महान् व्यक्तिको महानतालाई अमर पार्न उहाँसँग परिचित अरु व्यक्तिहरूलाई पनि कलम चलाउने अनुरोध गर्दै पुनः एकपल्ट घोको सुकुन्जेल चिच्याउँछु- गोड्से साहित्यकार जिन्दावाद ।

०००
‘दमाहा’ (२०२४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
महानगरबाट जीउँदै फर्कें म

महानगरबाट जीउँदै फर्कें म

बालमुकुन्द देव पाण्डे
चुनाव जिताउने संघको स्थापना

चुनाव जिताउने संघको स्थापना

बालमुकुन्द देव पाण्डे
मेटिन नसकेका डाेबहरू

मेटिन नसकेका डाेबहरू

बालमुकुन्द देव पाण्डे
केही नयाँ लोकगीत

केही नयाँ लोकगीत

बालमुकुन्द देव पाण्डे
रुई फुई उई दुई ! 

रुई फुई उई दुई...

बालमुकुन्द देव पाण्डे
कैयौँ चिठीः एक उत्तर

कैयौँ चिठीः एक उत्तर

बालमुकुन्द देव पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x