साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अलिकतिले !

सबको रगत रगत छ हाडमासु र छाला छ सास छ, प्राण छ भोक, प्यास र जीवन छ फगत एक वर्गीकरण छ आफू छाडेर अरू प्राणी सबै सबै जनावर छ ।

Nepal Telecom ad

सुरेश राई :

सबको निधार निधारमै छ
आँखा आँखामै
नाकको ठाउँमा नाकै छ
ओठको ठाउँमा ओठै
पेट पेटमै छ
पैताला पैतालामै
बस् मान्छे अलिकतिले
कोहि सुन्दर छ
कोहि असुन्दर छ ।

सबको रगत रगत छ
हाडमासु र छाला छ
सास छ, प्राण छ
भोक, प्यास र जीवन छ
फगत एक वर्गीकरण छ
आफू छाडेर
अरू प्राणी
सबै सबै जनावर छ

देउताको थान छ
कथाहरूको चाङ छ
मूर्ति स्थापना छ
अरू त अरू
भगवानको नि सोपान छ

मान्छे पशु पशु जस्तो छ
मान्छे ईश्वर जस्तो जस्तो छ
बस् यहि अलिकति फरकमा
मान्छे ऊ, मान्छे छ ।

०००
बाम्राङ, खोटाङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x