साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अलिकतिले !

सबको रगत रगत छ हाडमासु र छाला छ सास छ, प्राण छ भोक, प्यास र जीवन छ फगत एक वर्गीकरण छ आफू छाडेर अरू प्राणी सबै सबै जनावर छ ।

Nepal Telecom ad

सुरेश राई :

सबको निधार निधारमै छ
आँखा आँखामै
नाकको ठाउँमा नाकै छ
ओठको ठाउँमा ओठै
पेट पेटमै छ
पैताला पैतालामै
बस् मान्छे अलिकतिले
कोहि सुन्दर छ
कोहि असुन्दर छ ।

सबको रगत रगत छ
हाडमासु र छाला छ
सास छ, प्राण छ
भोक, प्यास र जीवन छ
फगत एक वर्गीकरण छ
आफू छाडेर
अरू प्राणी
सबै सबै जनावर छ

देउताको थान छ
कथाहरूको चाङ छ
मूर्ति स्थापना छ
अरू त अरू
भगवानको नि सोपान छ

मान्छे पशु पशु जस्तो छ
मान्छे ईश्वर जस्तो जस्तो छ
बस् यहि अलिकति फरकमा
मान्छे ऊ, मान्छे छ ।

०००
बाम्राङ, खोटाङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x