साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै त मेरो खप्पर ?

बसी बसी खान खप्परमै लेखेको थिएन मेरो विधाताले खै त मलाई बलियो खप्पर कहाँ हाल्दियो ? मेरो सिधा तालले खै त मेरो बलियो खप्पर कहाँ फाल्दियो ?

Nepal Telecom ad

भोज अर्याल :

आफू सानै छँदा देखेको थिएँ
खप्परेहरु
खप्परमाथि खप्पर भिरेर
आफ्नै रुपलाई कुरुप पारेर
खुबै नाच्ने गर्थे
आफ्नै ढाड बाङ्गो र टिङ्गो पारेर
जोड जुलुम भाँच्ने गर्थे
कहिले जात्रा कहिले गाईजात्रा
सँगै आइरहने
घरिघरि थरिथरी
रङ्गी चङ्गी विरङ्गी
मेला हुन वा खेला
लाखेहरु नाचिरहन्थे
खप्पर माथि खप्पर भिरेर
बेला न कुबेला,
तर हेर्दा
क्या रमाइलो हुन्थ्यो ऊ बेला,

गाउँको नामै पनि
काफलपाटा थियो, तर
एक मुठी काफल खानै पो कहाँ दियो
काफलको न कुनै बुटो नै थियो
न कुनै ठुटो नै थियो
थियो त केवल
नाम मात्रै झुटो थियो,
ऊता म खानै नपाएर मर्थें,
अन्तै चाहारेर एक मुठी काफलले
आफ्नै भुँडी भर्थे,
गाउँमै गाडिएर पनि
एक मुठी काफल देखेको थिएन
किनकि भाग्य नै खोटो
जिन्दगी छोटो मेरो
खप्परमा लेखेको पनि त थिएन,
मलाई मेरै गाउँले
एक मुठी काफल खान पनि
सजिलै दिँदै दिएन,

मलाई झोंक चलेर
काफल नफल्ने पाटो छोडेँ
वाफलतिर बाटो जोडेँ
राज्यको धानीतिर
वाफलका गल्ली गल्ली हिनेर
काफलले भुँडी भरेँ
बाटैमा एक मुठी काफल किनेर
धन्नै म
बेलैमा हिनेको रहेछु
आफ्नो खप्पर आफैले
चिनेको रहेछु
धन्न मैले आफ्नै भुँडी भर्न
एक मुठी काफल किनेको रहेछु
बाटैबाट हिनेको रहेछु
देशै छोडी विदेशसम्म
आएँ म हिनेर
भेटे जति खाएकै छु
आफैले किनेर
आफ्नै खप्पर आफैले चिनेर
खप्परेहरु उता बसेकै छन्
स्याल बनेर सिंह दरबार पसेकै छन्
एक चम्चा चिल्लो तेल बोकेर
दुइ चुस्की सँगै धोकेर
तालुमा जेल घसेकै पनि त छन्
खप्पर चम्काएर खुबै
आफू उतै कतै बसेकै पनि त छन्

खप्पर हुनेहरुलाई छप्पर फालेर
भगवानले दिइरहेछन्
चक्कर हुनेहरु लाइ अक्कर पारेर
लिइरहेछन्
यो खप्पर भन्ने चिजै
के रहेछ के रहेछ
खप्परेहरुको झैं खप्पर नभएर
मेरो यहाँ हरिबिजोक भएछ
आफ्नै खप्परले धोखा दिएर
खप्पर त पोइल पो गएछ

मेरो गाउँ त केवल
गाउँको मात्र रहेछ
गाउँत केवल नाउँको मात्र रहेछ
न त मलाई बलियो खप्पर दियो
दियो त केबल
चक्करै चक्कर दियो
चक्करमाथि घनचक्कर थप्दियो
यस्तो अभागी खप्पर त मैले
संसारमै देखेकै थिएन
सायद मलाई
बसी बसी खान खप्परमै
लेखेको थिएन
मेरो विधाताले
खै त मलाई बलियो खप्पर कहाँ हाल्दियो ?
मेरो सिधा तालले
खै त मेरो बलियो खप्पर कहाँ फाल्दियो ?

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x