चूडामणि रेग्मीमौके गफ !
हे लेखकहरू हो । केही भए पनि रोयल्टी पाउनेतिर दुगुर । हे पत्रकारहरूहो । केही नभए पनि विज्ञापनतlर नै दौडिदत्त होऊ । हे समाजसेवी हो । केही यस्ता टेपबद्ध कुरा छन्- जसलाई बराबर ओकल ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
बाबुका हुटेल : सजिलो कुरो
दुनियाँमा सवभन्दा सजिलो कुरा के हो ? भन्ने प्रश्नमा धेरैले भन्छन्- जागिर खान मुस्किल, किनभने हाकिम रिझाउनै सकिन्न, वेपार गर्न पनि मुस्किल – ग्राहक ? कर्मचारी रिझाउनै सकिन्न अनि उधारो दिएर घाटा पुरा गर्ने सकिन्न, खेती मुस्किल- चढ्नै सकिन्न, पत्रकारिता पनि मुस्किल व्याकमेलिङ गर्ने सकिन्न, यस्तै यस्ता का छन्, जहां केही समस्या तेर्सिएकै हुन्छन्, त्यसैले सवभन्दा सजिलो कुरा हो बाबुको मुटेल, जहां नोकरी खानुपर्दैन, जहां मासिक शुल्क लाग्दैन, इस्कूल-क्याम्पसमा जस्तो, अन्तःशुल्क लाग्दैन उद्योगमा जस्तो, कर लाग्दैत, उद्योगमा जस्तो । बाबुको हुटेल यसरी धेरै पर्माणले सजिलो हो भने सजिलाको अर्को दरो मन्त्र गफडी पनि दिन्छ- सो हो अवसरवाद । मौकावाजी। जे, गफडी स्वयम् मौका हेर्छ र सोअनुसार कलम चलाउँछ, यो सजिलो कुरा नभए हप्तैपिच्छे गफडीको कलम कसरी चल्थ्यो होला तः। कुरो घोरिनुपर्ने छ ।
अर्को सजिलो कुरो – मौका !
हरि, कसरी मौका सजिलो भन्नुहोला भने भिजाएको चामल, ढाडिएको चिउराजस्तै छ मौका, जसको सेवन गर्न सजिलो हुन्छ । मौका नहेर्ने तपस्वी त पुराणमा पनि कम्ती नै पाइन्छन् । मौका नहेर्ने त माक्स, गान्धी, पृथ्वीनारायण शाह यस्ता व्यक्ति इतिहासमा पनि थोरै थिए । यता ‘शोले’ हेर्ने उता खोले हेर्ने जनता भएको देशमा इङ्गो काम लाग्दैन, पोखरी काम लाग्दैन । प्रहरीको हवल्दारले घुमाएको सानो डन्डीका भरमा बनुशासित कैयौं भाजुका अगाडि ढुङ्गो काम लाग्दैन । यहां बुड्गाने पनि रसाउने चलन छ त्यसैले कुनै मौकामा के गर्दा गतिलो नेपाली हुइन्छ मो गर्नुपर्छ । बरे । नजिकैको भारततिर हेर्नाेस्, जहाँ वहुगुणा भन्ने महाशयले तिन वर्षाभित्रमा कति चोला फेरे कति अवसर हेरे ? यो दक्षिणपूर्व-एसिया हो, यहां सवभन्दा रमाएको कुनै कुरा छ भने सो हो मौका। यसैले गफडीले त मौकावारे कवितै कथेको छ-
मौका हो पृथ्वीको स्वर्ग, मौकाले मिल्छ अप्सरा
मौका हो सजिलो बाटो, यसैले पेट भर्दछ ।
तसर्थ के यस नवयुगका भर्खरै गोडा टेकेर हिंड्न चालका दाजुभाइ र दिदीबहिनी हो- आज सारै सुनौलो मौका छ यस अभूतपूर्व मौकालाई बाबुको हुटेल जस्तै हानी गुम्न नदिनुहोस् ।
जे हुन्छ, हुँदै गरोस् !
यहां शिक्षक सताइयून्, कर्मचारी पन्साइयून् कुनै हटाइयून्, अ.त. को मुद्दा कँट जगाइयोस् । जुन वर्षीय योजना कटाइएर भए पनि जेसुकैमा जे-जस्ता ढङ्गले धन खर्च गरियोस्, वनको छातीमा वन्चरो हानियोस् र यस हरित-सुन्दरी धर्तीलाई जोगी बनाइयोस् । महंगी खुव बढोस्, भ्रष्टाचार उठोस्, गरिवी बढोस्, शोषण उर्लियोस्, दुराचार नाचोस्, यस्ता सव जटिल कुराका पचेडामा पर्ने कुरा छैन- मौकातिर नागेपछि। हे लेखकहरू हो । केही भए पनि रोयल्टी पाउनेतिर दुगुर । हे पत्रकारहरूहो । केही नभए पनि विज्ञापनतlर नै दौडिदत्त होऊ । हे समाजसेवी हो । केही यस्ता टेपबद्ध कुरा छन्- जसलाई बराबर ओकल । यी बाबुका हुटेलभन्दा कुनै मानेमा कम सजिला छैनन्, जसबाट मिठो मसिनो डकार्न पाइन्छ ।
पातमा पात ! वातमा वात !
गफडी पनि बाबुको हुटेल धेरै सजिलो भएर अर्को सजिलो कुरा अवसर जगत्तिर ओर्लिएको छ । यस्तो गाउँले लेखक भएर पच्चिस वर्षमात्र कलम घोट्ने मान्छे गफडीले मौके विद्या नलिए कुनचाहिँले लिने ? कस्ता-कस्ता ठेली लेख्नेले (पातमा पात ! वातमा वात) मौकामा ठेली तेर्स्याई कस्ता-कस्ता पदको पगरी गुतीवरि कति-कति विल्डिङ ठोकिसके । घस्यौटा गफ लेखेर तिनलाई नै सृजना ठानेर ‘सुन्दर मौका आयो ।’ लाई बिर्सेर गफडीले गाँजा खान्छ भने गफडी आफै लट्ठ हुन्छ र एक दिन सुइ हुन्छ । यो मूल कुरा बुझेको गफडी यति रसिलो धर्तीमा मौकेवाज नभई मर्न चाहन्न । विल्डिङको आनन्द ! कार कुधाइको जादू। ‘फलानाजिउ’ भन्दाको मोहनी । फलाना पदको अमृतवत् मिठास यी सव मौका-रुखबाट फल्ने फल हुन् । मिठो फल भोग्न छाडी करेलो खान चाहँदैन यो गफडी, त्यसैले समस्त मौकावाज मित्र तथा भाजूकन हार्दिक धन्यवादसहित यो टुंडो आज वन्द । आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क ३३, २०३७
गफडीका गफ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































