साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेठा बा !

आज अर्काथरी बढेका छन् भक्तिगानकाे पगरी लगाएर मञ्चमा ढक्क चढेका छन् पछिल्लो ढाेकाबाट छिर्छन् बिना याेग्यताकाे पदक र तक्मा भिर्छन् । चाट्न नपाएकाे दिन यिनीहरुले पनि तपाईंलाई छाेड्नेछन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

छाेड्दिनु जेठा बा !
कुर्सी छाेड्दिनु
आउनु हामीसँगै चकटीमा बसाैँ ।

अब त तपाईं पनि बूढाे हुनु भाे
बेला बेला हाेस खुस्किरन्छ
जति तानतुन गरे पनि
बेला बेला सुरुवाल फुस्किरन्छ
बेलाबेला बर्बराउँनु हुन्छ
हिँड्दा लर्बराउनु हुन्छ
अरुले भरथेग गर्नुपर्छ
तेराे मेराेकाे अनावश्यक झर्काे छाेडेर
अध्यात्मकाे सुन्दर बर्काे ओढेर
आउनुहोस् बा ! हामी सँगै बसाैँ ।

तपाईं कुर्सीमा बसिरहँदा
कतिलाई त काइदा भएकै छ
ठेक्का कमिसन पद पैसा
कतिलाई त फाइदा भएकै छ
बज्र स्वाँठले पुरस्कार पाएकै छन्
दायाँबायाँ अघिपछि फाेटाे खिचाएकै छन्
बेलाबेला तपाईंको किचनबाट फुत्त निस्कन्छन्
पावरफूल चस्मा लाउँछन्
पावर नपाए छाेडीदिन्छु भन्दै जिस्कन्छन्
उमेर नपुगेका अदन्तेलाई माथि चढाइदिनु भाे
जाेरी खाेज्ने जाेधाहालाई तल लडाइदिनु भाे
कसैको लागि मुढाे हुनु भाे
कसैकाे कलमकाे टुँडाे हुनु भाे
जेठा बा ! कुर्सी छाेड्दिनु
आउँनु हामी सँगै बसाैँ
अब त बूढाे हुनु भाे ।

हामीतिर आँखा नफुकाल्नु जेठा बा !
आज तपाईंको सत्ताे सराप गर्नेहरु
हिजाे तपाईंले भान्सा चटाएकाहरु हुन्
सुटुक्क बार्दलीमा बाेलाएर
मन्त्र रटाएकाहरु हुन्
आज अर्काथरी बढेका छन्
भक्तिगानकाे पगरी लगाएर
मञ्चमा ढक्क चढेका छन्
पछिल्लो ढाेकाबाट छिर्छन्
बिना याेग्यताकाे पदक र तक्मा भिर्छन्
चाट्न नपाएकाे दिन
यिनीहरुले पनि तपाईंलाई छाेड्नेछन्
फुकाल्नुहाेस् यति धेरै जुम्रा भएकाे दाैरा
कुर्सी छाेड्दिनुहाेस्
आउनुहाेस् हामी सँगै चकटीमा बसाैँ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x