साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टोयलेट मोड़ (१०)

हाम्रो मन, हाम्रो आत्मा यहीँ भूमिमा विचरण गरिरहेछ। यहाँ आफूलाईं राजा ठान्ने अघोषित राजाले हामीलाई जबरजस्ती शहीद बनाउनु लाएपछि...हामी पीड़ित कङ्काल भई भड़्किएर डुलिरहेका छाैँ ।

Nepal Telecom ad

कृष्ण प्रधान :

टोयलेट मोड़ (९) को अन्तिम अंश

टोयलेटबाबु : जानोस्…यहाँबाट तपाईहरू….अब होम स्टेको बहानामा हाम्रो पहाड़का जम्मैलाई उठिवास लाउने तिमारको षड़यन्त्र मैले बुझिसकेको छु…..(प्रचण्ड रिसाएर) गेट लस…(नेपथ्यतिर हेर्दै) साइँला…मेरो खँदुवा ले…ले…छिट्टो…होम स्टे खोल्न उक्साउनेको गिदी छिल्लीबिल्ली पारिदिन्छु…..(गोपाल र बनानी सुइँकुच्चा ठोक्छन्)

मञ्च बिस्तारै अँध्यारो हुन्छ।

दोस्रो अङ्क

[स्थान टोयलेट मोड़ परिसर। मञ्च पूरै अँध्यारो छ। हावाहुण्डरी, गाड़ाङ्गुड़ुङ्, बिजुली चम्काइ, चट्याङ हनाइले वातावरण भयावह भएको छ। अँध्यारो मञ्चकाे एक एक पट्टिबाट विस्तारी दुइ मुर्कुट्टा ; भाष्कर र पुष्करको प्रवेश भएको कता कता देखिन्छ। बले हस्याङ् फस्याङ् हुँदै दुगुरेर मञ्चमा प्रवेश गर्दा अचानक बलेको आँखा मुर्कुट्टाहरूमाथि पर्छ। बलेको सातोपुत्लो उड़्छ। बले नराम्रो घतले कहालिन्छ।]।

बले : (पसिना सरी भएर कहालिँदै) भूत ! भूत ! आमा भूत ! डर लाग्दा मात्रै आमाको याद किन आ’को होला हई ! आमा ! बचाऊ…भूत !! (कहालिँदै गर्दा टोयलेटबाबु मञ्चभित्र पस्ने बित्तिकै उसलाई अँगालो मारेर भूत देखाउने प्रयास गर्छ)।

टोयलेटबाबु : (चारैतिर पालाक् पुलुक् हेर्दै) के भयो बले काका…आमामामा हेर यो मान्छे पसिनै सरी भाको ! के भयो ? (भूततर्फ हेरेर मुखको इशाराले मात्र ’भूत ! भूत !’ भनेको बुझिन्छ। बलेलाई झक्झकाउँदै) के भाको ? हन तिमी ता साइलेन्स मुडमा पौ बोल्दैछौ ता !
बले : (इशाराले मात्र) भूत ! भूत !!
टोयलेटबाबु : हेर यो मान्छेको वाइफाई हटस्पट नेटवर्क सब अफ भाको ! (झक्झकाउँदै) बले काका ! के को भूत बित्थामा। के गर्छ भूतले ?
बले : डर लाग्छ नि भूतदेखि । आमाले सानामै भन्नुभाकाे मेरो छाँया हल्का छ रे नि ता । [मुर्कुट्टाद्वय (भाष्कर र पुष्कर) अट्टहासमा हाँस्छन्। दुवै अक्क न बक्क भएर एक ठाउँमै उभिरहन्छन्।]

टोयलेटबाबु : (झर्को मान्दै) अरे तिमी मान्छे नै अलिकति हावा चल्यो भने उड़ाउलाजस्तो छौ मोरो …त्यस्तो मान्छेको छायाँ हल्का नभएर कसको होस् ता।
बले : (डराउँदै) भूत ! भूत !
दुवै : (एकैसाथ अट्टहासमा) ओ….हामी भूत ? हिजोसम्म ”टिष्टा रङ्गीत सुक्दैन शहीद तिमीलाई भुल्दैन” भनी गोहीको आँसु चुहाउनेहरूका निमित्त आज भूत ?
पुष्कर : यति छिटो हामी भूत भइहाल्यौं ?
भाष्कर : (आफ्नो अङ्ग देखाउँदै) वाह ! वाह ! यो भूतदेखि तिमीहरू डराको ?
टोयलेटबाबु : बाबु हो ! मलाई ता भगवान्बाहेक अरू कसैसित डर लाग्दैन। तर यहाँ भगवान्भन्दा पनि जीवित आत्माहरूदेखि डराउन वाध्य भएका छाैँ ।
बले : (सामान्य आँट गरेर) म ता डराएको कहाँ हो र ? डराको जस्तो गरेको पो। डराउनु डराउनु आँटेको थिएँ कि टोयलेटबाबु आएर डिस्टर्ब गरिदिएर पो…नत्र डराइ हाल्नेथिएँ नि !

भाष्कर : (कुरा काटेरझ) …कप्राल, मुर्कूट्टा, भूत, प्रेतभन्दा यहाँका यी (दर्शकदीर्घातर्फ औंल्याउँदै) ज्यूँदा आत्माहरूसित डराऊ।
टोयलेटबाबु : (शिरनत् गर्दै) तपाईंहरू हाम्रा शहीद हुनुहुन्छ ।
बले : (सलाम ठोक्छ) सलाम शहीद महोदय ।
दुवै : (खिसी गर्दै) हामी शहीद ?
पुष्कर : हामीलाई फुर्क्याएर दङ्ग पर्न लाउने नेताहरूको नजरमा हामी चाबीको गुड़िया अनि हामीलाई अन्धाधुन्ध गोली ठोकी हत्या गर्ने सरकारी गुण्डाहरूको नजरमा हामी टेरोरिष्ट ।
भाष्कर : (चिच्याएर) आफ्नो अधिकार र हकको निम्ति आन्दोलन गर्दा हामीले पाएको पुरस्कार सम्मान यही हो ?
पुष्कर : (आक्रोशमा) के पायौँ? के पायौँ ?? हामीले शहीदको तकमा भिरेर…
भाष्कर : वर्षमा एकदिन शहीद दिवस पालन गरेर गोहीको आँस्र खसाल्दैमा मात्र खास शहीदको सम्मान मूल्याङ्कन र कदर हुँदैन क्या !
पुष्कर : खासमा यस्ता गोहीको आँसु चुहाउने नेता भनौदाहरूसित पो डराउनु पर्छ ता।
भाष्कर : हामी ता अस्थिपञ्जर मात्रै हाैँ । यो अस्थिपञ्जरदेखि नडराएर मान्छेहरूसित डराऊ तिमीहरू। यहाँ मान्छेले मान्छेलाई नै हत्या गर्छ। मान्छेले मान्छेकै खोइरो खन्छ। मान्छेले मान्छेलाई नै उठीवास लाउने षड़यन्त्र गर्छ।

टोयलेटबाबु : (स्वीकारात्मक मुण्टो हल्लाउँदै) हुन ता हो। मान्छे मान्छेको भाँड़ो कहिल्यै बन्ना सकेन। बन्न सकेको छैन अनि सक्दैन पनि।
बले : बनिँदैन पनि। (कप्राल भाष्करतर्फ हेर्दै) तिमीलाई बन्दुकले मारेको होइन ?
भाष्कर : मलाई बन्दुकले कहाँ मारेको हो। कसले भन्यो मलाई बन्दुकले मारेको भनेर ? पेपरमा छापिएको थियो ?
पुष्कर : हाम्रा पेपरहरूले ता नबुझी लेख्छ नि !
बले : अन्त कसले मारेको ता ?
भाष्कर : बन्दुक बोक्ने पुलिसले मारेको ।
पुष्कर : पुलिस पनि ता विचारा तिमी हामीजस्तै मान्छे नै हुन् नि ।
टोयलेटबाबु : हो’नि ! सद्दे मान्छे विचाराहरू।

बले : यिनीहरूसित पनि डराउनु पर्ने रहेछ नि !
भाष्कर : यी मान्छेभन्दा पनि मान्छेको गिदीदेखि डराउनुपर्छ जसको गिदीभित्र अँध्यारो मड़ारिरहेको हुन्छ। अँध्यारै मात्र सोंचिरहेको हुन्छ।
टोयलेटबाबु : ठिक। अब हामी त्यस्ता गिदीहरूसित डराउनुपर्ने रहेछ जसले भ्रष्टाचार, बलात्कार, हत्यातिर निर्देशन गर्छ।
बले : त्यसो भए तिमीहरूलाई शूट गरेर मार्ने त्यो पुलिसभन्दा पनि हत्याको निम्ति निर्देशन गर्ने त्यो मान्छेसित पो डराउनु पर्ने रहेछ हो’कि !
भाष्कर : अभियसली।
बले : (अन्कनिँदै) तर मलाई ता मान्छेभन्दा पनि कप्रालदेखि अलिअलि डर लाग्छ।
पुष्कर : तर तिमी भित्र पनि एउटा पूर्णाङ्ग कप्राल छ। त्यो कप्रालमा मासु भरिएकोले मात्र तिमी मान्छे भएका छौ।
बले : उसो भए हामी कप्रालले बनिएको भएपछि हामी आफूसित पहिले आफै डराउनुपर्ने रहेछ।

दुवै : करेक्ट।
बले : तर मलाई ता आफूसित डर पटक्कै लाग्दैन।
दुवै : हण्ड्रेड पर्सेण्ट। एब्सुल्यूटली करेक्ट। किनभने आफूले आफूलाई कहिल्यै शङ्काको दृष्टिले हेरिँदैन अनि हेर्ने आवश्यक पनि पर्दैन ।
पुष्कर : आफूले आफूलाई छल्ने, धोका दिन, कपटी गर्ने कहिल्यै सोंचिँदैन।
भाष्कर : हामीले आफूले आफूलाई कुतकुती लाएर हँसाउन सक्दैनौ। सक्छौ ? (बलेले आफ्नो जीउमा आफैले कुतकुती लाएर हेर्छ)।
बले : हो रहेछ…लाग्दैन रहेछ कुतकुती। (अन्कनिँदै) तर मलाई अझै पनि तिमीहरू दुवै कङ्कालसित को’नि किन अलि अलि डर लागिरहेछ….

दुवै : नो…नो….नो….नट एट अल। डराउनु पर्दैन…हजूर डराउनु पर्दैन। हामी कङ्काल नै भए पनि…हामी मरेका छैनौं। हाम्रो मन, हाम्रो आत्मा यहीँ भूमिमा विचरण गरिरहेछ। यहाँ आफूलाईं राजा ठान्ने अघोषित राजाले हामीलाई जबरजस्ती शहीद बनाउनु लाएपछि…हामी पीड़ित कङ्काल भई भड़्किएर डुलिरहेका छाैँ ।
भाष्कर : (बलेलाई समात्दै) एकक्षण मलाई छोएर हेर।
बले : (पर…पर सर्दै) नाइँ। म छुन्ना कङ्काललाई।
पुष्कर : अरे आऊ न आऊ। (जबरस्ती तानेर लगी शरीर छुवाउँछ)।
टोयलेटबाबु : (हतार हतार) खोई…म पनि अलिकति टच गरि हेरूँ। (दुवैले एकेकवटा कङ्काललाई छुन्छन्)
बले : (छोइसकेपछि) अप्पुई! हो ता रहेछ। केही पनि गर्दो रहेनछ।

क्रमशः

०००
सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x