सुरेशकुमार भट्टसुग्घरी पुजारी
मनको झोंक सिंकमा पोख्छिन् भाँडा बजाएर म भन्छु रिस तेता किन ? यता गर हंसाएर । बाउले रिस पोख्छन् आमालाई भित्र थर्काएर आमाले बच्चा पड्काएर बच्चा पाठा ठटाएर ।

सुरेशकुमार भट्ट:
लोकवेद
हो बाबु तिम्रो दिदी अति चोखी छिन्
जुठो खान्नन् क्वचाको हातले खान्छिन् ।
म छुट्टै खाने भनेर फुर्ति गर्छिन्
अर्कालाई खुवाई त्यै बाँकि खान्छिन् ।
हो हो तिम्री दिदी अति सुग्घरी छिन्
भान्सा भित्रै ख्वाक्क खुक्क प्यात्त फाल्छिन् ।
क्या सुग्घरी छिन् भैमा गोडाले दल्छिन्
त्यै लुँडोले टेवुल म्याट नि पुच्छिन् ।
सफा सलाद फ्रिजमा खुल्ला राख्छिन्
फेरि धाराको पानीमा सफा गर्छिन् ।
अति सरसफाइको डिंग हाक्छिन्
सुत्ने ओच्छ्यान्मा कुचोझाडु लाउँछिन् ।
क्या साह्रै चोखीनिति कुरा हकार्छिन्
कारखानाको टालो धारामा राख्छिन् ।
अर्पने पानीथाप्दा झिक्न बिर्सन्छिन्
अति धर्मात्मी छिन् पूजामा झर्किन्छिन् ।
मन्दिरमा देवता राख्न ख़ुब जानेकी पनि छिन्
जोर्जोर देवता परिआए जोड़ेरै राखी पुज्छिन् ।
माटाका ति देवदेवी मुर्तिलाई महत्व दिन्छिन्
जुन बार नि शिव मुर्तिहरू सिंकमा पखाल्छिन् ।
हो घरपुजारी दिदी अरूको चोखी निन्दा गर्छिन्
आडम्बरी धर्मकर्म गर्ने शुध्द कैले गर्दिनन् ।
दि सुग्घरी छन् टेवुलमा पानीपरे बिग्रन्छ रे
थोपो चुहे पुछिहाल्ने बाथरूम सुक्खा हुन्नरे ।
दि अचम्मकै छिन् सबैकुरा उन्ले जानेको छ रे
रो पो कामकुरा भुटिभाँगै भानि मान्नैपर्ने रे ।
कति सुग्घरी घर्घरकी पुजारी आमा दिहरू
यस्तै कतिछन् तेतातिर खबर पाउँन बरू।
मनको झोंक सिंकमा पोख्छिन् भाँडा बजाएर
म भन्छु रिस तेता किन ? यता गर हंसाएर ।
बाउले रिस पोख्छन् आमालाई भित्र थर्काएर
आमाले बच्चा पड्काएर बच्चा पाठा ठटाएर ।
(कृपया यस्लाई निन्दा नठान्नु होला)
०००
Subscribe
Login
0 Comments
Oldest







































