साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुग्घरी पुजारी

मनको झोंक सिंकमा पोख्छिन् भाँडा बजाएर म भन्छु रिस तेता किन ? यता गर हंसाएर । बाउले रिस पोख्छन् आमालाई भित्र थर्काएर आमाले बच्चा पड्काएर बच्चा पाठा ठटाएर ।

Nepal Telecom ad

सुरेशकुमार भट्ट:

लोकवेद

हो बाबु तिम्रो दिदी अति चोखी छिन्
जुठो खान्नन् क्वचाको हातले खान्छिन् ।
म छुट्टै खाने भनेर फुर्ति गर्छिन्
अर्कालाई खुवाई त्यै बाँकि खान्छिन् ।

हो हो तिम्री दिदी अति सुग्घरी छिन्
भान्सा भित्रै ख्वाक्क खुक्क प्यात्त फाल्छिन् ।
क्या सुग्घरी छिन् भैमा गोडाले दल्छिन्
त्यै लुँडोले टेवुल म्याट नि पुच्छिन् ।

सफा सलाद फ्रिजमा खुल्ला राख्छिन्
फेरि धाराको पानीमा सफा गर्छिन् ।
अति सरसफाइको डिंग हाक्छिन्
सुत्ने ओच्छ्यान्मा कुचोझाडु लाउँछिन् ।

क्या साह्रै चोखीनिति कुरा हकार्छिन्
कारखानाको टालो धारामा राख्छिन् ।
अर्पने पानीथाप्दा झिक्न बिर्सन्छिन्
अति धर्मात्मी छिन् पूजामा झर्किन्छिन् ।

मन्दिरमा देवता राख्न ख़ुब जानेकी पनि छिन्
जोर्जोर देवता परिआए जोड़ेरै राखी पुज्छिन् ।
माटाका ति देवदेवी मुर्तिलाई महत्व दिन्छिन्
जुन बार नि शिव मुर्तिहरू सिंकमा पखाल्छिन् ।

हो घरपुजारी दिदी अरूको चोखी निन्दा गर्छिन्
आडम्बरी धर्मकर्म गर्ने शुध्द कैले गर्दिनन् ।
दि सुग्घरी छन् टेवुलमा पानीपरे बिग्रन्छ रे
थोपो चुहे पुछिहाल्ने बाथरूम सुक्खा हुन्नरे ।

दि अचम्मकै छिन् सबैकुरा उन्ले जानेको छ रे
रो पो कामकुरा भुटिभाँगै भानि मान्नैपर्ने रे ।
कति सुग्घरी घर्घरकी पुजारी आमा दिहरू
यस्तै कतिछन् तेतातिर खबर पाउँन बरू।

मनको झोंक सिंकमा पोख्छिन् भाँडा बजाएर
म भन्छु रिस तेता किन ? यता गर हंसाएर ।
बाउले रिस पोख्छन् आमालाई भित्र थर्काएर
आमाले बच्चा पड्काएर बच्चा पाठा ठटाएर ।
(कृपया यस्लाई निन्दा नठान्नु होला)

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x