साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाैटङ्की

खालि हेपाई र पिटाइकाे लागि मात्र बाँच्नु बेकार छ भन्ने लागेर आज याे निर्णय गरेँ । छाेराहरू पनि अब विदेश गए । उनीहरू अब फर्कंदैनन् । त्यसैले म कसका लागि बाँच्ने ?

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

याेगेन्द्र एउटा ठुलाे अन्तर्राष्ट्रिय संस्थाकाे जिम्मेवारपूर्ण पदमा थिए । उनकाे संस्था विशेष गरी मानवकाे हक र अधिकारसँग सम्बन्धित थियाे । समाजमा उनकाे मान मनिताे पनि राम्राे थियाे । बेला बेलामा अफिसकाे कामले देश विदेश भ्रमण गर्थे ।

देशका विभिन्न ठाउँमा पुग्दा उनी सारगर्भित मन्तव्य दिँदै भन्ने गर्थे, “सबैकाे सम्मान गर्नु पर्छ । दर्जा अनुसारकाे मान आदरभाव राख्नु पर्छ । कानूनकाे दृष्टिकोणमा सबै मानिस बराबर हुन् । कसैले कसैकाे आत्म सम्मानमा ठेस पुग्ने गरी गाली गलाेज गर्नु हुँदैन । नारीकाे अधिकारकाे लागि हामीले आवश्यक पर्दा बुलन्द आवाज उठाउन सक्नु पर्छ ।”

यस्ता कुरालाई जाेड दिएर उनी कार्यक्रममा ठुलाे स्वरले गर्जन्थे । उनकाे परिवार प्रतिकाे व्यवहारकाे बारेमा गाइँगुइँ कुरा सुनिन्थ्याे । तर प्रमाणिक कुरा बाहिर आउन सकेकाे भने थिएन । एक दिन याेगेन्द्र ठुलाे कार्यक्रममा मानव अधिकारकाे बारेमा आफ्नाे मन्तव्य राख्दै थिए । एक्कासी घरबाट फाेन आयाे । उनी माफी माग्दै घरतर्फ लागे ।

विडम्बना उनकी श्रीमतीले आफ्नै घरमा पासाे लगाएर आत्महत्या गरिछन् । घरमा पुलिसकाे राेहबरमा खान तलासी गर्दा उनले तकियामुनि यस्ताे लेखेकी रहिछन् । “मैले श्रीमानकाे माया कस्ताे हुन्छ आजसम्म महसुस गर्न पाइनँ । खालि हेपाई र पिटाइकाे लागि मात्र बाँच्नु बेकार छ भन्ने लागेर आज याे निर्णय गरेँ । छाेराहरू पनि अब विदेश गए । उनीहरू अब फर्कंदैनन् । त्यसैले म कसका लागि बाँच्ने ?”

सुसाइट नाेटकाे याे बेहाेरा सुनेपछि सबै छिमेकीहरू भने छक्क परे ।

०००
कलङ्की काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
कठै ! वृद्ध जनले

कठै ! वृद्ध जनले

कमला पन्थी अधिकारी
कस्ताे प्रजातन्त्र हाे ?

कस्ताे प्रजातन्त्र हाे ?

कमला पन्थी अधिकारी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x