कमला पन्थी अधिकारीनाैटङ्की
खालि हेपाई र पिटाइकाे लागि मात्र बाँच्नु बेकार छ भन्ने लागेर आज याे निर्णय गरेँ । छाेराहरू पनि अब विदेश गए । उनीहरू अब फर्कंदैनन् । त्यसैले म कसका लागि बाँच्ने ?

कमला पन्थी अधिकारी :
याेगेन्द्र एउटा ठुलाे अन्तर्राष्ट्रिय संस्थाकाे जिम्मेवारपूर्ण पदमा थिए । उनकाे संस्था विशेष गरी मानवकाे हक र अधिकारसँग सम्बन्धित थियाे । समाजमा उनकाे मान मनिताे पनि राम्राे थियाे । बेला बेलामा अफिसकाे कामले देश विदेश भ्रमण गर्थे ।
देशका विभिन्न ठाउँमा पुग्दा उनी सारगर्भित मन्तव्य दिँदै भन्ने गर्थे, “सबैकाे सम्मान गर्नु पर्छ । दर्जा अनुसारकाे मान आदरभाव राख्नु पर्छ । कानूनकाे दृष्टिकोणमा सबै मानिस बराबर हुन् । कसैले कसैकाे आत्म सम्मानमा ठेस पुग्ने गरी गाली गलाेज गर्नु हुँदैन । नारीकाे अधिकारकाे लागि हामीले आवश्यक पर्दा बुलन्द आवाज उठाउन सक्नु पर्छ ।”
यस्ता कुरालाई जाेड दिएर उनी कार्यक्रममा ठुलाे स्वरले गर्जन्थे । उनकाे परिवार प्रतिकाे व्यवहारकाे बारेमा गाइँगुइँ कुरा सुनिन्थ्याे । तर प्रमाणिक कुरा बाहिर आउन सकेकाे भने थिएन । एक दिन याेगेन्द्र ठुलाे कार्यक्रममा मानव अधिकारकाे बारेमा आफ्नाे मन्तव्य राख्दै थिए । एक्कासी घरबाट फाेन आयाे । उनी माफी माग्दै घरतर्फ लागे ।
विडम्बना उनकी श्रीमतीले आफ्नै घरमा पासाे लगाएर आत्महत्या गरिछन् । घरमा पुलिसकाे राेहबरमा खान तलासी गर्दा उनले तकियामुनि यस्ताे लेखेकी रहिछन् । “मैले श्रीमानकाे माया कस्ताे हुन्छ आजसम्म महसुस गर्न पाइनँ । खालि हेपाई र पिटाइकाे लागि मात्र बाँच्नु बेकार छ भन्ने लागेर आज याे निर्णय गरेँ । छाेराहरू पनि अब विदेश गए । उनीहरू अब फर्कंदैनन् । त्यसैले म कसका लागि बाँच्ने ?”
सुसाइट नाेटकाे याे बेहाेरा सुनेपछि सबै छिमेकीहरू भने छक्क परे ।
०००
कलङ्की काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest







































