साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही अपवाद बाहेक … !

केही अपवाद बाहेक ... मूलघरको सबैभन्दा माथिल्लो तलामा पुगेकाहरूको बंश फरक भएर पनि वंशभित्रको बाकी अंश उस्तै हुँदोरहेछ अंशभित्रको हंश उस्तै हुँदोरहेछ

Nepal Telecom ad

मिलन समीर :

केही अपवाद बाहेक …
मुलघरको सबैभन्दा माथिल्लो तलामा पुगेकाहरूको
पार्टी फरक भएर पनि
प्रवृत्ति उस्तै हुँदोरहेछ
नीति फरक भएर पनि
नियत उस्तै हुँदोरहेछ
सिद्धान्त फरक भएर पनि
स्वार्थ उस्तै हुँदोरहेछ
विचार फरक भएर पनि
सोचाइ उस्तै हुँदोरहेछ
चिन्तन फरक भएर पनि
चिन्ता उस्तै हुँदोरहेछ
प्रभाव फरक भएर पनि
स्वभाव उस्तै हुँदोरहेछ
हैसियत फरक भएर पनि
कैफियत उस्तै हुँदोरहेछ !

केही अपवाद बाहेक …
मूलघरको सबैभन्दा माथिल्लो तलामा पुगेकाहरू
एक अर्कोका “क्लोन” देखिने रहेछन्
मूलघरको सबैभन्दा माथिल्लो तलामा
पुगेकाहरु
एउटै ब्राण्डका उपभोक्ता हुँदा रहेछन्
उनीहरूले लाउने लुगा उस्तै हुँदोरहेछ
उनीहरूले खाने कुरा उस्तै हुँदोरहेछ
उनीहरूले पिउने सुरा उस्तै हुँदोरहेछ !

उनीहरूले कालो धन थुपार्ने बैंक एउटै हुँदोरहेछ
उनीहरूले चढ्ने कारको कम्पनी एउटै हुँदोरहेछ
उनीहरूको एटिएम वा क्रेडिट कार्ड उस्तै हुँदोरहेछ
उनीहरूको हातमा मोबाइलको ब्राण्ड एउटै हुँदोरहेछ !

प्रत्येक दिन हरेक एफ.एम. रेडियोमा सुनिने
उनीहरूको कर्कश आवाज उस्तै हुँदोरहेछ
प्रत्येक दिन हरेक टि.भी. च्यानलमा देखिने
उनीहरूको धुर्त, बेसर्मी नाङ्गो स्वरूपसहितको
खलनायकी अनुहारको कुरुप आकृति उस्तै हुँदोरहेछ !

केही अपवाद बाहेक …
मूलघरको सबैभन्दा माथिल्लो तलामा पुगेकाहरूको
अनुहार फरक भएर पनि
व्यवहार उस्तै हुँदोरहेछ
कारोबार उस्तै हुँदोरहेछ
सरोकार उस्तै हुँदोरहेछ !

जात उस्तै हुँदोरहेछ
थर उस्तै हुँदोरहेछ
गोत्र उस्तै हुँदोरहेछ
पितृ उस्तै हुँदोरहेछ
धर्म उस्तै हुँदोरहेछ
कर्म उस्तै हुँदोरहेछ !

परम्परा उस्तै हुँदोरहेछ
संस्कार उस्तै हुँदोरहेछ
संस्कृति उस्तै हुँदोरहेछ !

केही अपवाद बाहेक …
मूलघरको सबैभन्दा माथिल्लो तलामा पुगेकाहरूको
चलन फरक भएर पनि
विचलन उस्तै हुँदोरहेछ !

भाषा उस्तै हुँदोरहेछ
भेषभुषा उस्तै हुँदोरहेछ
बोली उस्तै हुँदोरहेछ
लोली उस्तै हुँदोरहेछ !

केही अपवाद बाहेक …
मूलघरको सबैभन्दा माथिल्लो तलामा पुगेकाहरूको
ढंग फरक भएर पनि
उनीहरूको छालाको रंग उस्तै हुँदोरहेछ
सर्वाङ्ग नाङ्गो अङ्गप्रत्यङ्ग उस्तै हुँदोरहेछ
भुइँमान्छेहरुप्रतिको मोहभंग उस्तै हुँदोरहेछ !

केही अपवाद बाहेक …
मूलघरको सबैभन्दा माथिल्लो तलामा पुगेकाहरूको
बंश फरक भएर पनि
वंशभित्रको बाकी अंश उस्तै हुँदोरहेछ
अंशभित्रको हंश उस्तै हुँदोरहेछ
भर्‍याङरुपी कृष्णहरु फरक भएर पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा पुगेपछिको कंश उस्तै हुँदोरहेछ !

केही अपवाद बाहेक …
मूलघरको सबैभन्दा माथिल्लो तलामा पुगेकाहरूको
हात फरक भएर पनि
त्यो हातले चलाउने हतियार उस्तै हुँदोरहेछ
त्यो हातले दलाउने मतियार उस्तै हुँदोरहेछ !

०००
करादीखोला, स्याङ्जा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यक्षप्रश्न

यक्षप्रश्न

मिलन समीर
म को हुँ …?

म को हुँ …?

मिलन समीर
मतो

मतो

मिलन समीर
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x