साइबर अपराध सम्बन्धी सचेतना सामग्री

द्वैध चरित्र

प्रत्येक घटना, परिस्थिति, व्यवहार आफ्नो अनुकुल हुँदा र प्रतिकुल हुँदा व्यक्त गर्ने फरक शब्द, धारणा, विचार, भनाई, उखान, सिद्धान्त विविध सन्दर्भमा मान्छे स्वयंले सृजना गरेका छन् । यसबाट द्वैध चरित्र झल्किन्छ ।

Nepal Telecom ad

ई. कुमार खड्का :

“मान्छेमा द्वैध चरित्र अवसरवादी हाउ जस्तै
स्वयं चित्त शुद्ध मान्ने मनगढन्ते राहु जस्तै
चरित्रको कुप्रवृत्ति जीवन जिउने आधार मात्र
मानसिक रोगनै हो यो, विक्षिप्ती घाउ जस्तै ।”

हरेक कुराको दुइटा पारस्परिक र विपरीत पाटो या पक्ष हुन्छन् । यिनै बीचको आपसी द्वन्दबाट गति र गतिबाट विकास हुन्छ भन्ने कुरा प्रगतिवादी र विकासवादी सिद्धान्तले भन्छ । मान्छे सबैभन्दा विकसित, सामाजिक बौद्धिक प्राणी भएकोले पनि उसमा सकारात्मक र नकारात्मक चेतको विकास सँगसँगै विचार पनि उतिकै द्वैध चरित्रताले भरिपूर्ण भएको देखिन्छ । जति बौद्धिकता उसमै ज्यादा धुर्तता र जति बढी धुर्तता उसमै ज्यादा द्वैधताको उपस्थिति भएको पाइन्छ ।

ऐतिहासिक, धार्मिक युगदेखिनै महामानव भनिनेहरुबाटै निश्चित कार्य प्रयोजनमा द्वैध चरित्रको प्रयोग र उपयोग गरेको पाइन्छ, विशेषत : महाभारत युगमा । यसैको बलियो धङधङीले पनि होला सायद राजनीति, कुटनीतिमा यत्रतत्र सबैभन्दा ज्यादा द्वैध चरित्रको प्रतिच्छाया उजागर भएको पाइन्छ । अहिलेको युगमा राजनीतिक प्राणिहरुले निहित स्वार्थ प्रयोगमा द्वैध चरित्र विशेष घातक हतियारको रुपमा उपयोग गरेको देखिन्छ । यसको प्रभाव समाज सञ्चालन लगायत या, वा, तर, किंतु, परन्तु शब्दको प्रयोग समेतले नीति, नियम, ऐन, कानून र सरकार या कर्मचारीतन्त्रमा द्वैध चरित्र निर्माणको भूमिकामा टेवा दिएको छ । सेवा र सहयोगको भावनामै द्वैधताले जटिलता सृजना गरेको प्रष्ट हुन्छ । र, त, भन्न सकिन्छ, “यसै बाँदर राज, अझै लिस्नु…!” हैन त ?

समय सापेक्ष लाभ, स्वार्थका आधार, प्रभाव अवसरवादी चरित्र अनुसार द्वैध चरित्रका सिद्धान्त, विधि व्यवहार सापेक्ष रुपले मात्रात्मक या गुणात्मक रुपले विविध कोणबाट प्रष्टिदै आएको महशुस हुन्छ । नकारात्मकता भित्र पनि आफ्नो स्थायित्व, स्थिरता, स्वार्थ अनुकुलका विधि व्यवहार कायम गर्न प्रयोग गरिने तर्क, उखान, टुक्का, भनाईको बहुआयामिक प्रयोग हुँदै आएका छन् । चलन चल्तिका केही उखान र द्वैध चारित्रिक सामाजिक मान्यता र उदाहरणहरु संक्षेपमा तपशिल बमोजिम उल्लेख गर्न सकिन्छ :

– “नहुनु मामा भन्दा कानो मामा निको” भन्नेले अवस्था परिवर्तन हुने बित्तिकै “जात फाल्नु गहतको झोलमा ?” भनिहाल्छ ।
– “रोइ रहनुभन्दा गीत गाउनु निको” भनेर हौसिनेले बदलिदो अवस्थामा “बौलाउनु भन्दा बरु मर्नु निको” भनिसक्छ ।
– “लाभको लागि कोरिको पाउ मोल्नु” भन्ने निरीह दास वृत्तिले हात अलि माथि पर्ने बित्तिकै “स्वाभिमान भन्दा ठूलो क्यै छैन बुझ्नु भो ?” भन्न भ्याउछ ।
– “आत्मसम्मानको लागि ज्यान दिनुपर्छ” भन्ने आदर्शले असजिलो परिस्थिति पर्ने बित्तिकै “भोको पेटले सारङ्गी बज्दैन” पो भन्छ… आदि इत्यादि ।

द्वैध चरित्रका रुपहरु पनि प्रत्यक्ष र परोक्ष दुइखाले हुन्छन् । प्रभाव र असर पनि फरक फरक हुने गर्छन् । दुइजिब्रेपना, भनाइ, गराइ या बोली र व्यवहारमा फरक हुने जस्ता प्रत्यक्ष तथा छद्मभेषी बोली र व्यवहारका परोक्ष चरित्र । हेर्दा उस्तै लाग्ने, तर अन्ततः रुप, रङ्ग, ढङ्गमै आकाश पाताल फरक ।

पहिलोमा जङ्गलीपना देखिने हुँदा सुरुमै निर्क्योल गर्न सकिने हुन्छ तर दोश्रोमा मान्छेको वास्तविक भित्री र घातक चरित्र उजागर हुने हुँदा बढि खरनाक र बढि सचेतना अपनाउनुपर्ने खालको हुन्छ । त्यसैले पनि परोक्ष द्वैधता भन्दा प्रत्यक्ष या हिस्रक द्वैधता हेर्दा कडा देखिए पनि बच्नको लागि पूर्व तयारी गर्न पाउनाले बढी सहज मान्न सकिन्छ, याने “प्राण घातक भन्दा जोखिम प्रत्युत्पादक… !” नै समयले तुलनात्मक र सापेक्षतामा सहि र स्वाभाविक ठान्दछ ।

मान्छेको स्वभावले एक लाइनको सम्बन्धलाई पनि दुई धारमा टिकाई राखेको हुन्छ जस्तै :
आफू अनुकुलको सम्बन्ध कायम रहुञ्जेल राम्रो, अत्यन्तै आत्मिय र वस्तुवादी सम्बन्ध, एकताको प्रतिक भनुन्जेल आफ्नो प्रतिकुल अवस्था हुने बितिकै बर्बराउदै ऊप्रति लक्षित गर्दै ऊप्रति उसलाई पहिल्यै शङ्का भएको, अहिले आएर प्रष्ट भएको, घाती चरित्र बारे बेलैमा थाहा भएकोमा ठिकै भयो भनेर या त्यस्तै अन्य कुरा काटेर तर्क, प्रसङ्ग सहित तुरुन्त आत्मलोचनामा तयार हुने आत्मगत प्रवृत्ति मन र भावनादेखि छ्याप्छ्याप्ती रहनु आम प्रवृतिगत गुण भनौं या कमजोरी भनौं, रहिरहेको देखिन्छ ।

यसरी प्रत्येक घटना, परिस्थिति, व्यवहार आफ्नो अनुकुल हुँदा र प्रतिकुल हुँदा व्यक्त गर्ने फरक शब्द, धारणा, विचार, भनाई, उखान, सिद्धान्त विविध सन्दर्भमा मान्छे स्वयंले सृजना गरेका छन् । यसबाट द्वैध चरित्र झल्किन्छ, यो अवसरवादी चरित्रको ज्वलन्त उदाहरण हो । तथापि जीवन ज्युनु, व्यवहार चलाउनु सोचे जस्तो सजिलो पक्कै नभैरहेको सन्दर्भ र संवेदनशील तिक्तताको कारण एउटा आधारलाई टेकेर आफ्नो विचार, बुद्धि हावी गर्दै चित्त बुझाउने, कहिले प्रतिद्वन्द्वीको मेख मार्ने, कहिले लोकलाई देखाउने, कहिले आत्माभिमान र स्वाभिमानको हवाला दिँदै आफैंलाई ऐँचेर राख्ने भित्री आत्मशक्ति या प्रसङ्गसम्मत भावनाको यथार्थतासँग तालमेल मिलाउदै स्वसम्मानित जीवन जिउने कला पनि हो, द्वैध चरित्र । त्यसैले दोश्रोलाई पीडा नदिई वा कहिँ कसैको जीवन बचाउको अर्थमा वा नीति र मानवता धर्म बचाउको अर्थलाई सुरक्षित गर्दै सम्मानपूर्वक बाँच्न उत्प्रेरित गर्न सिकाउने द्वैध चरित्रलाई र त्यसका संबद्ध सूत्रहरुलाई सकारात्मक रुपमा लिनसक्दा कहिलेकाहीँ ठिकै हो कि ? जस्तो पनि लाग्छ ।

समग्रमा यो नकार, दुर्गुण, आत्माभिमानको अभिव्यक्ति हो, भन्नेनै हो । प्रायः द्वैध चारित्रिक सम्पूर्णता सामान्य र मध्यम मान्छेको नैसर्गिक गुण या विशेषता भित्रनै पर्दछ । दोश्रो या अन्य पक्ष समेत र समाजलाई नकारात्मक असर नपर्नेगरि श्रेष्ठ जीवन जिउने कलात्मक द्वैधतालाई समयसापेक्ष र केही हदसम्मको स्विकारोक्ति बनाउदै सम्भावना भएसम्म यो चरित्र हर हिसाबले त्याग गर्नसक्दा वास्तविक मानव जीवन सफल हुन्छ भनेर आध्यात्मिक दर्शनका गुरु, नीति तथा ज्ञाताहरुले पनि भन्ने गर्छन् । आत्मगत र वस्तुगत भावनाको सन्तुलित समायोजनले मात्र सामान्य मान्छे उत्तम मानवको श्रेणीमा पुग्न सफल हुनसक्छ, भनिन्छ । भाव र प्रभावलाई महसुस गर्दै त्याग र उपयोगको प्रयास गरौं ! सबैको जय होस् !!
अन्तमा,
“सुन्दर मनमा प्रवाह हुने प्रेमाभाव उस्तै हुन्छन्
सकारात्मक उद्वेगले संभावना दुरुस्तै हुन्छन्
अमूर्तताको अस्वाभाविक चित्र नकोर्दा पनि
छातीकै चोखो चिन्तनले सोच,विचार चुस्तै हुन्छन् ।”
अस्तु…!!!

०००
आलापोट, काठमाडाैं ।
२०८१/०८ /२७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x