साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखा कान भएर नि

मैले चिन्न सकेन सोधन गरेँ, विद्वान ए सज्जन। त्यस्तो दुष्ट यहाँ पवित्र थलमा को रैछ त्यो लौ भन।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

आँखा छैन भनी भनौ म कसरी, संसार घुम्दैछ ऊ।
आँखा देख्छ भनी भनौ म कसरी, देख्दैन भन्दैछ ऊ।।
बैरो हैन भनी भनौ म कसरी, बोलेर सुन्दैन ऊ ।
डाके मालिकले कसेर लगुटी, दौडेर पुग्ने छ ऊ।।

धर्ती स्वर्गसरी बनाउछु भनी बाचा गरेको थियो।
साँच्चै स्वर्ग समान यो मुलुकथ्यो, नर्कै बनाईदियो।
पैरेको छ अमूल्य वस्त्र जसले, देखिन्छ नाङ्गो तन।
त्यस्तो दुष्ट यहाँ पवित्र थलमा, को रैछ त्यो लौ भन।।

केही गर्न परेन काम गतिलो, खायो गरी भाषण।
मै हो देव भन्यो अधर्मिजनले, माथा घसी चन्दन।।
लाग्यो शासन गर्न रावणसरी, रुन्छन् जहाँ सज्जन।
त्यस्तो दुष्ट यहाँ पवित्र थलमा कोरेछ त्यो लौ भन।।

को हो दानव त्यो भनौ म कसरी, पत्याउँदैनन् जहाँ।
गाह्रो हुन्छ कि बाच्नलाइ जन हो, बोलेर साँचो यहाँ ।।
मैले चिन्न सकेन सोधन गरेँ, विद्वान ए सज्जन।
त्यस्तो दुष्ट यहाँ पवित्र थलमा को रैछ त्यो लौ भन।।

पार्यो सज्जनको सधै भरममा, बाठो चनाखो बनी।
बेची राष्टियता समेत जसले, आफू भयो ऊ धनी।।
ढोग्यो पाउ इतर हुने बखतमा, नाता लगाई कन।
जस्ले आज चिनेन रे हजुरको, को रैछ त्यो लौ भन।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x