साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आन्दोलन

प्रतिपक्षले बाल हठ नछाड्ने हाे भने सरकार आन्दोलनमा जान बाध्य हुनेछ । ताजा जनादेशका लागि सरकार जनतासमक्ष जान तयार छ । कसैसामु घाेडा टेक्नेवाला छैन ...।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

गाैतम बुद्धले स्वर्गकाे शान्त, एकान्त बगैंचामा ध्यान गर्दै थिए । गहिराे ध्यानमा रहेका बुद्धकाे अन्तर मनले नेपालको परिदृश्य देखाइरह्याे । जन्मभूमिकाे यादले बुद्धकाे ध्यान स्थिर रहन सकेन । उनले आफ्ना प्रिय शिष्य आनन्दलाई भने “शिष्य आनन्द, मलाई मेराे जन्मभूमि घुम्न मन लाग्याे ।” शिष्य आनन्दले भने “हवस् ।”

केही क्षणमै शिष्य आनन्दका साथमा नेपाल मण्डलमा अवतरण गरिहाले । उनी आफ्नो जन्मस्थल लुम्बिनी, मामघर देवदह लगायतका क्षेत्रहरूकाे पनि भ्रमण सम्पन्न गरे । अब बुद्धलाई काठमाडौं भ्रमण गर्न मन लाग्याे र त्यहाँ पुगे । माइतीघर मण्डला आसपासकाे क्षेत्रमा मानिसहरूकाे भिडभाड देखियाे । बुद्धलाई जान्ने इच्छा भयाे । उनले आनन्दलाई भने “शिष्य आनन्द त्यहाँ पर मानिसहरूकाे घुइँचो छ । कतै महायज्ञ हुन लागेकाे त हाेइन ? जाऊँ उतै । “शिष्य आनन्दका साथ बुद्ध मानिसहरूकाे घुइँचो भएतिर लागे ।

“जिन्दावाद ! जिन्दावाद !!”
“मुर्दावाद ! मुर्दावाद !!”
यस्ता नारा सुनेर बुद्ध अचम्मित हुन्छन् र भन्छन्- “कस्तो मन्त्र हाे याे आनन्द ?”
आनन्दले भिडमा रहेमध्ये एकजनासँग भलाकुसारी गरी बुद्धलाई जानकारी प्रदान गरे –
“याे मन्त्र हाेइन् भगवान् । यसलाई त नारा जुलुस भन्दछन् ।”
“अनि किन लगाएका रहेछन् त याे नारा जुलुस् ।?
“डाक्टरहरू कुटिए रे । सेवाकाे सुरक्षा भएन रे ..!”
बुद्ध र आनन्दले कुराकानी गर्दैगर्दा एकजना टाठाे स्वरले बाेलेकाे सुनियाे-
“हामीले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छाैं । हामीले रातदिन केही नभनी सेवामा खटिँदा सम्मानकाे बदला के पायौँ ? हामी भगवान त हाेइन नि । हामीले हाम्रै आफन्त पनि त बचाउन सकेका छैनौं । हामी तमाम डाक्टरहरू आफै विमारी भएर पनि दिनरात काममा खटिएका छाैँ । हाम्रेा पीडा कस्ले सुनिदिने …?”

दाेस्राे दिन उसैगरी वानेश्वर चाेकमा घुम्दै गर्दा अझ विशाल जुलुस देखियाे । बुद्धले भने “आज फेरि के भएछ ?” एकछिनमै बुद्धले सुनिहाले-
जिन्दावाद ! जिन्दावाद !!”
“मुर्दावाद ! मुर्दावाद !!”
“जब सम्म हाम्रा मागहरू सरकारले सम्बाेधन गर्दैन तबसम्म विद्यालयहरू बन्द रहन्छन् । हामी पनि जिम्मेवार छाैँ । हामीले भाेलि विदाका समयमा पनि पढाएर हाम्राे दायित्व पूरा गर्छाैं । तर जबसम्म हाम्रा माग पूरा हुँदैनन् । हाम्राे सडक आन्दोलन राेकिने छैन ।”
बुद्धले सुस्केरा हाल्दै भने “विचरा गुरूहरू !”

तेस्राे दिन सिंहदरबार आसपासका क्षेत्रमा उस्तै जुलुससित बुद्धकाे साक्षात्कार भयाे-
जिन्दावाद ! जिन्दावाद !! ”
“मुर्दावाद ! मुर्दावाद !!”
हामीलाई राज्यले हेप्नुसम्म हेप्याे । हामीलाई निजामती कर्मचारी सम्म भन्न सकेन । के हामीले राष्ट्र सेवा गरेका छैनाैँ ? हाेइन भने हामीप्रति सरकार यति अनुदार किन ? हामी यसै चुप लागेर बस्नेवाला छैनाैं ।”

चाैथाे दिन उपभोक्ता अधिकार मञ्चले, पाँचौं दिन उद्योग व्यवसायीले, छैठौं दिन मानवअधिकारवादीले, … यसैगरी हरेक दिन कुनै न कुनै समूहले आन्दोलन गरेकाे देखेका बुद्ध एक दिन संसद भवनमा भइरहेकाे गतिविधि नियाल्न पुगे-

“जबसम्म सरकारले प्रतिपक्षका कुरा सुन्दैन तबसम्म हामीले सदन सुचारू हुन दिँदैनाैं । यदि सरकारकाे यस्तै रबैया रहने हाे भने हामी सडक र सदन दुवै ठाउँबाट आन्दोलनकाे आँधी बेहरी सिर्जना गर्नेछौं । …”

त्यसै दिनकाे बेलुका बुद्धले शयन कक्षमा टेलिभिजनमा समाचार हेर्दै थिए । सरकारका जिम्मेवार माननीय मन्त्रीकाे मन्तव्यले बुद्धलाई आकर्षित गर्याे-
प्रतिपक्षले बाल हठ नछाड्ने हाे भने सरकार आन्दोलनमा जान बाध्य हुनेछ । ताजा जनादेशका लागि सरकार जनतासमक्ष जान तयार छ । कसैसामु घाेडा टेक्नेवाला छैन …।

बुद्ध घाेर आश्चर्यमा परे । याे देशमा सबै आन्दोलन गर्ने मात्रै रहेछन् । यहाँ एकछिन पनि बस्न उपयुक्त नहुने निष्कर्षका साथ उनी शिष्य आनन्दलाई संकेत गरेर स्वर्गलाेकतर्फ पुनः प्रस्थान गरिहाले ।

०००
रेसुङ्गा न पा- २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x