साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नसकिने रहेछ बिर्सन भ्रष्टाचारलाई

जब भ्रष्टासुरहरूले मिलेर खेलेका भ्रष्टाचारका नग्न खेलहरू हेर्न कसैले नपाउने व्यवस्था मिलाई पतीतहरूका लागि स्वर्णयुगको द्वार खोलिन्छ तब त झन् जत्रै कोसिस गरे पनि नसकिने रहेछ बिर्सन भ्रष्टाचारलाई ।

Nepal Telecom ad

हरि कोर्काली

अरूले मसँग राखेको अपेक्षाको कद
मेरो क्षमताको कदभन्दा
जब अग्लिन थाल्छ
तब सम्झन्छु भ्रष्टाचारलाई ।

आफ्ना वरिपरिका साथीहरूले
धमाधम स्वामित्वमा ल्याउन थालेको जीवनस्तरलाई
कसरी भन्ने प्रश्नले खोतल्दै
जब गहिरिएर जवाफ खोज्न थाल्छु
तब सम्झन करै लाग्छ भ्रष्टाचारलाई ।

छरछिमेकमा प्रदर्शित हुन थालेका
रवाफका नयाँ-नयाँ पुस्ताहरूलाई
आफ्नो अनुहारको जून ओझाएर
टुलुटुलु हेरिरहन
जब विवश हुन्छन् आफ्ना परिजनहरू
तब वाध्य हुन्छु सम्झन भ्रष्टाचारलाई ।

प्राइमरी कक्षाबाटै
किताबलाई लत्याएर हिँडेको साथीले
जब अति विशिष्ट-विशिष्ट ठाउँहरूमा
तिलस्मी-तिलस्मी महलहरू ठड्याएर
अनेक-अनेक बहाना गरी
बत्तिसी देखाउँदै
पुरुषार्थको प्रदर्शनी हेर्न बोलाउँछ
तब अनायासै पुग्दछु
सम्झन भ्रष्टाचारलाई ।

आयुक्तहरू नै जब
ठाउँठाउँमा नर्सरी सञ्चालन गरेर
भ्रष्टाचारका बेर्ना हुर्काउन
तल्लीन रहेका समाचारहरू
बारम्बार फलाकिरहन्छन् मिडियाहरू
तब कहाँ-कहाँ रोपिएका छन् ती बेर्ना भनेर
गम्भीरतापूर्वक सम्झिन विवश हुन्छु भ्रष्टाचारलाई ।

जता हेर्यो त्यतै
जता गयो त्यतै
जता सुन्यो त्यतै
जता बुझ्यो त्यतै
सबैले मौन स्वर मिलाएर
भ्रष्टाचारकै अखण्ड भजन-कीर्तन
गरिरहेको फेला परेपछि त झन्
बिर्सने त कुरै होइन रहेछ भन्ने बुझेर
सम्झिरहन्छु भ्रष्टाचारलाई ।

जताततै
भ्रष्टहरूकै पूजा
भ्रष्टहरूकै प्रशंसा
भ्रष्टहरू नै शक्तिमा
भ्रष्टहरू नै अग्र पक्तिमा
मुस्कुराइरहेका देखिन थालेपछि त झन्
भ्रष्टाचारकै डम्फू बजाउँदै
एकसुरले नाचिरहन
करै लाग्ने रहेछ जोकोहीलाई
त्यसैले नित्य निरन्तर विवश छु
सम्झिरहन भ्रष्टाचारलाई ।

जब भ्रष्टासुरहरूले मिलेर खेलेका
भ्रष्टाचारका नग्न खेलहरू हेर्न
कसैले नपाउने व्यवस्था मिलाई
पतीतहरूका लागि स्वर्णयुगको द्वार खोलिन्छ
तब त झन्
जत्रै कोसिस गरे पनि
नसकिने रहेछ बिर्सन भ्रष्टाचारलाई ।

चाहनुपर्नेले चाहेको भए
भ्रष्टहरूलाई
कानुनका दफाले डस्न सकिन्थ्यो
फाँसीको पासोले कस्न सकिन्थ्यो
दुष्कर्मको फल खोस्न सकिन्थ्यो
त्यस्तो चाहना हुँदै नभएपछि
भ्रष्टाचारको लहरोले सबैतिर जेल्दै गएपछि
झन् झन् विवश छु सम्झिरहन भ्रष्टाचारलाई ।

०००
धृतराष्ट्रको शुभकामना: (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x