साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजका नारीहरू

छाडे पस्कन दाल भात घरमा, ह‍ोटेलमा रम्दछन् । तारेका चिज सेकुवा र कचिला, अच्छा भनी धोक्दछन् ।। केटा साथ लिई चुरोट मदिरा, लिन्छन् बडो सानले । नारीमा नसुहाउँने लत बस्यो, छोड्दैन त्यो कालले ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´ :

चेली मातृ वधू सुता र भगिनी, कन्याकुमारीहरू ।
छन् नारी बहु रूपका किसिमका, संसार देख्नेहरू ।।
छ‍ोरी टोल समाजका र घरका, कस्तो गरी फेरिए ।
भित्री रूप बिगार्न तत्पर हुँदा, नारी अझै बिग्रिए ।।-१

देख्दा मात्र छ बाह्य रङ्ग गतिलो, आकारले हुन्छ के ?
नारी भद्र लजालु सभ्य नभए, शृङ्गारले गर्छ के ?
बोलीमा व्यवहारमा मगजमा, उल्टो क्रिया मच्चियो ।
नारीमा किन उग्र दुर्गुणहरू, बेजोडले फैलियो ।।-२

सुत्छन् आज अबेरसम्म घरमा, श्रीमानका साथमा ।
पूजापाठ सकी प्रभात नहुँदै, सासू खटिन् काजमा ।।
अन्डा दुग्ध चिया तयार छ भनी, सासू बुढी भन्दछिन् ।
आमा पौरख गर्दछिन् सुत वधू , हेरेर पो बस्दछन् ।।-३

उम्दा शान्ति सुधार भव्य शमता, मिल्दैन है अस्त्रले ।
नारी जाति कुरूप दूषित भए, बेढङ्गका बस्त्रले ।।
डुल्छन् दूर अनेक सङ्गत गरी, धर्छन् खराबी लत ।
पार्छन् दिक्क निराश लौ न मनमा, हुन्छन् सबै आजित ।।-४

सासू ती ससुरा र मान्यजनका, आदेश लत्याउँछन् ।
कैयौँ नाटक हाउभाउ छलले, श्रीमान लट्याउँछन् ।।
बा आमाजन पुत्रका र वधूका, आशा खुबै गर्दछन् ।
स्वास्नीका वशमा परी शठहरू, आँखा तरी हिँड्दछन् ।।-५

लोग्ने खट्छ कतारको बगरमा, टारौँ समस्या भनी ।
स्वास्नी शीघ्र सजाउँछे सहरमा, उत्ताउलो जीवनी ।।
धर्छन् नक्कल चाल फेसनहरू, पाश्चात्य संस्कारका ।
नाङ्गा तस्बिर दृश्य फेसबुकमा, राख्छन् खुबै लाजका ।।-६

छाडे पस्कन दाल भात घरमा, ह‍ोटेलमा रम्दछन् ।
तारेका चिज सेकुवा र कचिला, अच्छा भनी धोक्दछन् ।।
केटा साथ लिई चुरोट मदिरा, लिन्छन् बडो सानले ।
नारीमा नसुहाउँने लत बस्यो, छोड्दैन त्यो कालले ।।-७

०००
बट्टार, नुवाकोट । हाल : बालाजु, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x