साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्यालको रजाइँ

इनार चैत्य चोकमा हिमाल टार खाेँचमा पहाडको कछाडमा नदी र युद्ध कोतमा अपुष्ट रूप देखिने मिराजको तरंगमा स्वराज बन्धकी भयो अरण्यको उदण्डमा ।

Nepal Telecom ad

शम्भुप्रसाद गजुरेल :

म बाघ भन्छ जन्तुले स्वरूप हुन्छ स्यालको
कराउँदा कराउँदै विकार फ्याँक्छ ऱ्यालको
चलाक जाम्बवान झै गरेर नृत्य गाउँमा
निरीह जन्तुका भुरा चिथोर्छ ठाउँ ठाउँमा ।
॥१॥

लिएर पुच्छ टांगमा लपक्क कान चर्ममा
भिजेछ नेत्र आँसुले समग्र ध्यान कर्ममा
गरेर छम याचना भंडारमा नियाल्दछ
धसेर तीक्ष्ण दाँतले भुडी चिरी निकाल्दछ ।
॥੨॥

जपेर मन्त्र मोक्षको विनाशमा छ तत्पर
पवित्र बेलपत्रको बनाइदिन्छ पत्कर
फुलाउँदै पलासको सुरम्य पार्छ आँगन
अदृश्य बस्छ स्याल त्यो अचानुमा कुशासन ।
॥੩॥

प्रकाशमा विलापको गरेर नित्य नाटक
छुपेर रात रात ऊ प्रहार गर्छ घातक
प्रभातको प्रभा सँगै प्रदीप्त जग्मगाउँछ
उमंगयुक्त साँझमा कराल दैत्य बन्दछ ।
॥४॥

इनार चैत्य चोकमा हिमाल टार खाेँचमा
पहाडको कछाडमा नदी र युद्ध कोतमा
अपुष्ट रूप देखिने मिराजको तरंगमा
स्वराज बन्धकी भयो अरण्यको उदण्डमा ।
॥६॥

०००
नुवाकाेट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x