साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरायो प्रजातन्त्र यो देशबाट

कला, धर्म, साहित्यमा बाँध हाल्ने दिलोज्यानले भ्रष्टमा छाँद हाल्ने यिनैमा बन्यो बन्धकी राजपाट हरायो प्रजातन्त्र यो देशबाट ।

Nepal Telecom ad

खोलाघरे साहिँलाे :

छ सम्पन्नलाई सधैं छूटतन्त्र
लुटेराहरूको चल्यो लूटतन्त्र
सुखी स्वप्न देख्नेहरू स्वप्न चाट
हरायो प्रजातन्त्र यो देशबाट ।

यहीँ जन्मिए, हुर्किए ज्यान मात्र
विदेशी भई डुक्रिँदैछन् कुपात्र
यिनैले लुटे देशको सान ठाँट
हरायो प्रजातन्त्र यो देशबाट ।

छ संस्कारमा,धर्ममा हस्तक्षेप
र साहित्य, सङ्गीतमा क्रूर ढेप
जबर्जस्त छन् गूट, प्यादा र भाट
हरायो प्रजातन्त्र यो देशबाट ।

खरानी घसेका निकै छद्म जोगी
विदेशी कृपाका अहोरात्र भोगी
दुरुस्तै बनी घुम्दछन् भेक, फाँट
हरायो प्रजातन्त्र यो देशबाट ।

कला, धर्म, साहित्यमा बाँध हाल्ने
दिलोज्यानले भ्रष्टमा छाँद हाल्ने
यिनैमा बन्यो बन्धकी राजपाट
हरायो प्रजातन्त्र यो देशबाट ।

हवेली झनै उच्च आकासिँदै छ
गरिबी अझै गर्तमा भासिँदैछ
भयो शान्तिको बन्द ढोका, कपाट
हरायो प्रजातन्त्र यो देशबाट ।

बडो शान दिन्छन् विदेशी गुलाम
यहीँका भने दीन छन् राम राम !
दुखे गाउँ, वस्ती, फपुरी, शैल, घाट
हरायो प्रजातन्त्र यो देशबाट ।

०००
फुएतप्पा, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x