साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक

बुधबार महेन्द्र रत्न ताहाचल क्याम्पसमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले ‘नरमाया’ सार्वजनिक गर्नुभएको हो ।

Nepal Telecom ad

काठमाडौँ, फागुन ७ । कवि खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक भएको छ । बुधबार महेन्द्र रत्न ताहाचल क्याम्पसमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले ‘नरमाया’ सार्वजनिक गर्नुभएको हो ।

पाँचथर स्रष्टा मञ्च, काठमाडौंको आयोजनामा भएको कार्यक्रममालाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि भट्टराईले शाश्वत विषयमा लेखेको काव्यले सबैको मन छुने बताउनुभयो । ‘शाश्वत विषय आमामा आधारित काव्यले लेखक खगेन्द्र दाहाललाई स्थापित गरेको छ । सबैको संवेदनालाई छुनसक्ने गरी काव्य आएको छ ।’’

कृतिमाथि डा. हेम भण्डारीले समीक्षात्मक मन्तव्य राख्नुभयो । उहाँले कृतिको समीक्षा गर्दै भन्नुभयो, ‘‘कृतिले पहाड र तराईका आमाको साझा कथा र व्यथालाई समेटेको छ ।’’ उहाँले काव्यमा आमाको पृष्ठभूमि अझ थपिएको भए राम्रो हुने टिप्पणीसमेत गर्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष डा. रमेश शुभेच्छुले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै खगेन्द्र दाहालको शोककाव्य उल्लेख्य रहेको बताउनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान विभागका प्रमुख डा. कर्णाखर खतिवडा, महेन्द्र रत्न क्याम्पस, ताहाचलका प्रमुख गेहेन्द्रप्रसाद दाहाल, ताहाचल क्याम्पस अंग्रेजी विभागका प्रमुख लोकराज रेग्मी, अर्थशास्त्र विभागका प्रमुख वासुदेव खनाल, पाँचथर स्रष्टा मञ्चका सचिव हरि समदृष्टि काफ्‌लेलगायतले लेखकलाई शुभकामना दिनुभयो ।

काव्य विमोचन कार्यक्रममा शोककाव्यबाट गीता सापकोटा, देवकुमारी लुइटेल, किशोर गतिशील, रत्न विरही घिमिरेले काव्यांश वाचन गर्नुभयो ।

लेखक दाहालले आमाको शोक र उहाँको सम्झनामा रचना गरिएको काव्यले आफूलाई निरन्तर सिर्जना गर्न प्रेरणा दिएको बताउनुभयो । आगामी दिनमा सिर्जनाका क्षेत्रमा सक्रिय रहने प्रण गर्दै लेखक दाहालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनुभयो ।

वि.सं. २०१५ साल फागुन १५ गते पाँचथरमा जन्मनुभएकी नरमाया दाहालको २०८० साल फागुन ३ गते त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । उहाँकै निधनमा छोरा दाहालले शोककाव्य लेख्नुभएको हो । दाहालको यसअघि ‘अनुत्तरित प्रश्न’ (२०६१) गजलसंग्रह प्रकाशित छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x