फित्काैली डटकमभक्तपुर सुसेली मञ्चको नियमित बाह्रौं शृङ्खला
अध्यक्ष रामशरण न्यौपाने सभापति, साहित्यकार राममणि ढुङ्गेलको प्रमुख आतिथ्य र भक्तपुर प्रेस सोसाइटीका महासचिव केशव लुइँटेलको आतिथ्य रहेको थियो ।

भक्तपुर, २०८१ फाल्गुन ७। भक्तपुर सुसेली मञ्चको नियमित गोष्ठी कमल विनायक स्थित पाई एजुकेशनल वर्ल्डको कार्यकक्षमा मञ्चको बाह्रौं शृङ्खलाको कार्यक्रमको आयोजना गरियो ।
अध्यक्ष रामशरण न्यौपाने सभापति, साहित्यकार राममणि ढुङ्गेलको प्रमुख आतिथ्य र भक्तपुर प्रेस सोसाइटीका महासचिव केशव लुइँटेलको आतिथ्य रहेको थियो । राजन फुयालको स्वागतसँगै अत्यन्तै शान्तिपूर्ण सौहार्द तथा मनोरञ्जनात्मक रह्यो ।
संस्थाका सचिव डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कविहरू विश्वनाथ ढुङ्गेल, छन्दविज्ञान निरौला, सावित्री गेलाल, टीकाराम गेलाल, गणेश तिमल्सिना, रत्ननिधी रेग्मी शुक्राचार्य, श्याम माकजू , बि के माकजु, ओमनरहरि श्रेष्ठ, धरणिधर गुरागाईंले आआफ्ना सिर्जना वाचन गर्नुभएको थियो।
अतिथि केशव लुइँटेलले ससम्मान डाक्टर निर्मोही व्यासको सिर्जना वाचन गर्दै भक्तपुर सुसेली मञ्चले गरेको कामको प्रशंसा गर्नुभएको थियो । प्रमुख अतिथि साहित्यकार राममणि ढुङ्गेलले आफूलाई भक्तपुर सुसेली मञ्चले अत्यन्तै माया गरेको उल्लेख गर्दै मञ्चका कार्यप्रति आफ्नो उच्च सम्मान रहेको कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा टीकाराम गेलालले आफ्ना पिताको ९३ औं जन्मदिन चैत १४ गते परेको हुँदा सो कार्यक्रममा सबैलाई उपस्थित हुन निमन्त्रणा गर्नुभएको थियो । त्यसैगरी हरिभजन गेलालले सुसेली मञ्चले प्रकाशन गर्न लागेको सामुहिक सुसेलीको केही प्राविधिक पाटोलाई आफूले सहयोग गर्ने वचन दिनुकासाथै खाजा चिया ब्यानर ब्यवस्थापन लगायतका काममा सहयोग पुर्याउनुभएको थियो ।
सभाध्यक्ष रामशरण न्यौपानेले कार्यक्रम स्थान उपलब्ध गराउने हरिभजन गेलाल सहित पाई एजुकेश्नल वर्ल्ड परिवार, प्रमुख अतिथि अतिथि तथा अन्य उपस्थित कविहरू सबैलाई धन्यवाद दिँदै सामुहिक पुस्तकका निमित्त जुट्न इच्छुक सबैलाई यथासक्य छिटो रचना उपलब्ध गराउन समेत आग्रह गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
कार्यक्रमका फोटो खिच्ने तथा अन्य ब्यवस्थामा राजन फुयाल सर तथा रोसनी लोहला उत्साह पूर्वक जुट्नुभएको थियो ।
०००
डिल्लीप्रसाद मूलतिहूनकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































