साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रजातन्त्र हराएको सूचना

यता गाउँमा जङ्गलीमात्र बस्ने भए गाउँ रित्ता र पैह्रो छ खस्ने बिना कर्म खान्छन् डकारेर ढाँट हरायो प्रजातन्त्र यो देशबाट ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

लथालिङ्ग चाला भताभुङ्ग देश
सधैँ नै दुखेको छ माटो र भेष
अँध्यारो अझै हट्नको छैन छाँट
हरायो प्रजातन्त्र यो देशबाट ।

भुरे टाकुरे देखिए आज राजा
सधैँ मोज मस्ती सधैँ नाच बाजा
विकासे कुराका खुलेनन् कपाट
हरायो प्रजातन्त्र यो देशबाट ।

हिजो आज ढोङीहरू जाग्न थाले
सदाचारको बीज नै मास्न थाले
बढ्यो चोर गुन्डाहरूकै जमात
हरायो प्रजातन्त्र यो देशबाट ।

यहाँ पढ्न लेख्ने कतै ठाउँ छैनन्
युवा देशमा काम नै पाउँदैनन्
युवा जान्छ खाडी छ के रोक्न आँट
हरायो प्रजातन्त्र यो देशबाट ।

यता गाउँमा जङ्गलीमात्र बस्ने
भए गाउँ रित्ता र पैह्रो छ खस्ने
बिना कर्म खान्छन् डकारेर ढाँट
हरायो प्रजातन्त्र यो देशबाट ।

०००
२०८१/११/०७
प्रजातन्त्र दिवस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x