साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुटतन्त्र

चिन्दैनन् तिनले भुले विगतका हौं कार्यकर्ता तर भन्नै वाध्य भयौं विखण्डित हुने निक्र्यौल चाँडै गर के नाप्यौ र जुटे पनि गुट बन्यौ बिन्ती छ झट्टै फुट हाम्रो ख्याल नगर्नु टुक्र फुटको सर्वत्र मज्जा लुट ।

Nepal Telecom ad

राजेन्द्र घायल :

आएथ्यो गणतन्त्र यो मुलुकमा के के न होला भन्यौं
बिस्तारै गुटतन्त्रमा बदलियो हामी भकुण्डो बन्यौं
पार्टी पार्ट र पार्टमा बदलियो जोडिन्न जस्तो गरी
हल्लन्छन् नटवल्टु पेच र किला खस्क्यो खियो बेसरी

धोती खुस्किगयो बिना शरमले हिड्छन् दले टाउके
देख्नेले त कुरीकुरी भनिसके निर्लज्ज छन् लाउके
देखिन्छन् कति झुण्ड झुण्ड तिनका सोझ्याउने रे दुनु
माझैमा रहने छ सोच सबको हेर्दैन कोही कुनु

हामी एक भयौं भनेर कहिले सेल्फी तिनै खिच्दछन्
पाउञ्जेल मजा लिंदै सँगसँगै मार्सी भुजा घिच्दछन्
ऐले फेरि मिलेन भाग झगडा पर्दै गयो बेसरी
छिर्के हान्न तयार छन् वचनका झर्केर आँखा तरी

आफै खाडलमा फसे मुलुकको के गर्दछन् उन्नति
पाए औसर यो तथापि तिनका सुधेन कैले मति
चल्दैनन् अब ती लडे सब सडे ब्याट्री बिनाका घडी
आफ्ना जीवनमा लगाउन पुगे आगो गए रे डढी

चिन्दैनन् तिनले भुले विगतका हौं कार्यकर्ता तर
भन्नै वाध्य भयौं विखण्डित हुने निक्र्यौल चाँडै गर
के नाप्यौ र जुटे पनि गुट बन्यौ बिन्ती छ झट्टै फुट
हाम्रो ख्याल नगर्नु टुक्र फुटको सर्वत्र मज्जा लुट ।

०००
घायलको घुयँत्राे (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
पाकेन काँचै रह्यो

पाकेन काँचै रह्यो

राजेन्द्र घायल
कुकुरहरुको विरोधपत्र

कुकुरहरुको विरोधपत्र

राजेन्द्र घायल
तिम्रो भाषण र हाम्रो कविता

तिम्रो भाषण र हाम्रो...

राजेन्द्र घायल
भ्रष्टाचार गरौँ

भ्रष्टाचार गरौँ

राजेन्द्र घायल
के फल्यो के फल्यो ?

के फल्यो के फल्यो...

राजेन्द्र घायल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x