साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मच्छरवाद- जिन्दावाद

अहिले डेंगीको लिएर प्रक्षेपास्त्र घुम्दैछ जताततै, गर्नुस् आत्मसमर्पण, "मच्छर-वीर" सामु नत्र हान्ला नदिई पतै। किन गर्ने समय बर्बाद- मिलेर हामी थुर थुर सारा घन्काउनुस् बुलन्द नारा ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

यहाँ कोही काँग्रेसी,
कोही समाजवादी,
कोही मार्क्सवादी,
कोही छ लेनिनवादी ।
तर गर्व छ मलाई,
म छु – “मच्छरवादी”।

मानिसहरू समाजवादको कुरा गर्छन्
तर म सोध्छु के कोही छ,
मच्छरभन्दा ठूलो समाजवादी ?
जसले मानिस–मानिसलाई,
उँच-नीचमा बाँड्दैन,
सबैसँग गर्छ समान व्यवहार,
कसैलाई छाड्दैन।

मानिसहरू धर्मनिरपेक्षताको
कुरा गर्छन्
तर म सोध्छु के कोही छ ?
मच्छरभन्दा ठूलो धर्मनिरपेक्ष ?

जसले मन्दिर,मस्जिद गुरुद्वारा,
चर्च सबैप्रति गर्छ एउटै व्यवहार,
उसलाई झन् भित्रैसम्म टोक्छ।
जो घुरेर गर्छ – घ्यार घ्यार।
कहिल्यै गर्दैन लुकेर वार –
उसको सुँड नै अमोध हतियार।

पहिले जोगीले फेरी लगाएझैं,
भन्किएर शंखनाद गर्छ
पछि जुँगा बटार्दै निर्भीक,
तातो रगतले पेट भर्छ।

कोही जति ठूलो पहलवान
भएपनि कहाँ डराउँछ।
उसको त गालाको छाला मैं
सुँडको सिरिंज घुसाउँछ।

हो निर्दयी मानिसले
अनेक उपाय लगाएर
चट्ट मारेको छ।
तर पनि वीर मच्छर जाति,
मानिसबाट कहाँ हारेको छ ।

अहिले डेंगीको लिएर
प्रक्षेपास्त्र घुम्दैछ जताततै,
गर्नुस् आत्मसमर्पण,
“मच्छर-वीर” सामु
नत्र हान्ला नदिई पतै।

किन गर्ने समय बर्बाद-
मिलेर हामी थुर थुर सारा
घन्काउनुस् बुलन्द नारा ।

“मच्छरवाद–जिन्दावाद”
जिन्दावाद- जिन्दावाद।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x