साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोनवार्ता : हुन्छ हजुर !

हुन्छ हवस्, हजुरको सेवा गर्ने रहर पूरा भए, काटिदिउँला जस्तोसुकै कहर । हजुरको म हुँ हजुर, मेरो हजुरमात्र भगवान दाहिना भए पल्टाउँला सत्र– हजुर पल्टाउँला सत्र ।

Nepal Telecom ad

जीवनाथ अधिकारी :

हवस् हजुर, हुन्छ हजुर, हुन्छ हुन्छ हवस्‌
कर जोरी प्रणाम गर्छु, हजुर स्वीकार होस् ।
तन यहाँ भए पनि मन हजुरभरि
भग्यमानी बन्थेँ हजुर पाउको दर्शन गरी ॥

हुन्छ हजुर, हुन्छ हुन्छ, हजुरको काम
हजुरको कामबाट बन्छ नाम दाम ।
हुन्छ हजुर, दामासाही हजुरको भाग
टक्र्याउँला हजुरलाई यत्ति सानो माग ॥

हुन्छ हजुर, हजुरका विरोधीको काम
भताभुङ्ग पारिदिउँला गर्दै छलछाम ।
हजुरले राख्नुपर्छ यसमाथि दया
गुदीगुदी हजुरलाई, म नै खाउँला कोया ॥

हुन्छ हवस्, हजुरको सेवा गर्ने रहर
पूरा भए, काटिदिउँला जस्तोसुकै कहर ।
हजुरको म हुँ हजुर, मेरो हजुरमात्र
भगवान दाहिना भए पल्टाउँला सत्र–
हजुर पल्टाउँला सत्र ॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x