साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोनवार्ता : हुन्छ हजुर !

हुन्छ हवस्, हजुरको सेवा गर्ने रहर पूरा भए, काटिदिउँला जस्तोसुकै कहर । हजुरको म हुँ हजुर, मेरो हजुरमात्र भगवान दाहिना भए पल्टाउँला सत्र– हजुर पल्टाउँला सत्र ।

Nepal Telecom ad

जीवनाथ अधिकारी :

हवस् हजुर, हुन्छ हजुर, हुन्छ हुन्छ हवस्‌
कर जोरी प्रणाम गर्छु, हजुर स्वीकार होस् ।
तन यहाँ भए पनि मन हजुरभरि
भग्यमानी बन्थेँ हजुर पाउको दर्शन गरी ॥

हुन्छ हजुर, हुन्छ हुन्छ, हजुरको काम
हजुरको कामबाट बन्छ नाम दाम ।
हुन्छ हजुर, दामासाही हजुरको भाग
टक्र्याउँला हजुरलाई यत्ति सानो माग ॥

हुन्छ हजुर, हजुरका विरोधीको काम
भताभुङ्ग पारिदिउँला गर्दै छलछाम ।
हजुरले राख्नुपर्छ यसमाथि दया
गुदीगुदी हजुरलाई, म नै खाउँला कोया ॥

हुन्छ हवस्, हजुरको सेवा गर्ने रहर
पूरा भए, काटिदिउँला जस्तोसुकै कहर ।
हजुरको म हुँ हजुर, मेरो हजुरमात्र
भगवान दाहिना भए पल्टाउँला सत्र–
हजुर पल्टाउँला सत्र ॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x