साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टलाई बधाई छ

बेच बेच अझै बेच बचेको अस्मिता पनि मच्चाऊ काण्डका काण्ड नेताको जय होस् अनि । भित्र्याऊ सुनका डल्ला भन्सार छल के छ र चाँडो चाँडो गरे हुन्छ भोलिको हुन्छ के भर ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

गाडी गन्तव्यमा आफ्नो सोझिएको छ तैपनि
बिचल्ली यात्रुको हुन्छ पीडा खप्दैछु मै पनि ।१

देशमा कहिले होला सेवा उत्कृष्ट पाउने
हाम्रोमा कहिले होला प्रजातन्त्र उदाउने ।२

बेला यसै बिताएर घाउमा नुन छर्किने
सुविधा दिनुपर्नेमा कर्तव्यबाट तर्किने ।३

दले छन् पाखुरा तान्ने घुर्की फुर्की लगाउने
हुन्छ हुन्छ भनी काम गर्न घन्टा बिताउने ।४

बाटोमा ढलको पानी छताछुल्ल जतासुकै
हिलो धूलो धुवाँ मैलो बिग्रिएको सधैँ सधैँ ।५

खै चिन्ता छैन बाटोको के सुर्ता हुनु देशको
आफ्नोमात्र भरे पेट केको चिन्ता स्वदेशको ।६

खोजेर छिद्र हिड्दैछन् घुस्याहा भ्रष्ट शासक
पुजारी शक्तिका देख्छु धनका छन् उपासक ।७

कौडीमा जनता बेची सत्तामाथि रजाइँ छ
देशका सम्पदा बेच्यौ बधाई लाख लाख छ ।८

बेच बेच अझै बेच बचेको अस्मिता पनि
मच्चाऊ काण्डका काण्ड नेताको जय होस् अनि ।९

भित्र्याऊ सुनका डल्ला भन्सार छल के छ र
चाँडो चाँडो गरे हुन्छ भोलिको हुन्छ के भर ।१०

०००
भरतपुर – ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x