कमला पन्थी अधिकारीनेतासँग गुनासाे
यस्तै हाल सधैं भयाे यदि भने चुल्हाे कहाँ बल्छ र ? हाँगै छैन भने त मात्र रुखमा पन्छी कहाँ बस्छ र ? मेराे बास लिलाम भाे बेघर छुँ खुच्चिङ् कसैले भने आाेरालाे जब मिर्ग लाग्दछ भने खेद्दाे छ बाख्राे पनि ।

कमला पन्थी अधिकारी :
नेताजी किन ठुस्स पार्नु मुखडा ! मन्दी छ देशैभरि
कैयन् मानिसकाे बिजाेग अहिले चिन्ता छ रातैभरि
हाम्राे हालत दर्दनाक हुन गाे बाँड्नै नसक्ने भयाे
आफ्नाे स्वार्थ हेरेर काम गरियाे देशै पाे डुब्दाे भयाे ।
ठेक्का छैन कतै भए पनि त्यहाँ घाटा भएकाे हुँदा
धेरै चाैपट भाे प्रभाे अब कसाे गर्दा हुने फाइदा
मानेनाैँ कहिले कुनै नीति पनि हुँङ्कार हाम्रै थियाे
पैसा नै सबथाेक हाे गरिहिंडे त्यस्तै चलेकाे थियाे ।२
आशा गर्नुभयाे परन्तु अहिले मैले यहाँ के दिने ?
आफ्नै भाग बचेन बाँच्नु कसरी के चाहिँ छुट्टयाउने ?
आफ्नाे देश र भाइ बन्धु कहिले भन्थेँ कहाँ स्वार्थमा
थाहा बल्ल भयाे ढिलाे अब हुँदा के गर्नु ऐले यहा ? । २ ।
कस्ताे थ्याे पहिले असाध्य गरियाे पाेख्ने र घाेप्ट्याउने
भाँडाे नै जब रित्तियाे अनि यहाँ काे खाेज्छ पत्याउनै
आफन्ती जन नै पराय अहिले पैसा बिनाकाे हुँदा
एक्लाे झैं अहिले छुँ साथ रहने आफन्त टाढा हुँदा। ४ ।
यस्तै हाल सधैं भयाे यदि भने चुल्हाे कहाँ बल्छ र ?
हाँगै छैन भने त मात्र रुखमा पन्छी कहाँ बस्छ र ?
मेराे बास लिलाम भाे बेघर छुँ खुच्चिङ् कसैले भने
आाेरालाे जब मिर्ग लाग्दछ भने खेद्दाे छ बाख्राे पनि ।५ ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































