साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विदेश जाइँदैन

पार्दै फोहोर सारा शहर, पथ, कुना दृश्य वीभत्स पार्ने सम्झाएमा कसैले सजग, नत नभै साफ उल्टै झपार्ने सोझा सादा बटुल्दै घरिघरि जुलुसै लाउनै पाइँदैन यस्तो दादागिरीमा गरिब मुलुकमा क्यै गरे जाइँदैन ।

Nepal Telecom ad

खोलाघरे साहिंलो :

आफू पूरै प्रवासी भनिन, गनिन के जानु पर्ला विदेश ?
स्वच्छन्दी नीति छैनन् पर कर बलमा बस्नुपर्ने विशेष
जे जे आरोप लागून् कुमति जति बढोस त्याज्य मानून् सबैले
बस्ने हो साँढ बन्दै म त जनमधरा छोड्न चाहन्न ऐले ।१।

ढुङ्गा हान्नै नमिल्ने तलवितल परे लाठिमुङ्ग्री नचल्ने
नारा चर्का, झरीला, अशुभ लवजका शब्द भन्नै नमिल्ने
ठेली ठेली सुरक्षा दल जबर गरी मिच्न जो पाइँदैन
त्यस्ता कञ्जूस होऊन् मुलुक जति धनी त्याज्य हुन्, जाइँदैन ।२।

भ्रष्टाचारी बनेरै जति पनि लुटियोस् राज्यले माफ दिन्छ
घोटाला होस् करोडौं, अरब खरब होस् त्यो मिनाही गरिन्छ
पैसा,कञ्चो नछाेड्ने कणकण नमिले फुत्किनै पाइँदैन
त्यस्ता ती रौंचिराका मुलुक अमरपुरी हुन् भनून्, जाइँदैन ।३।

पार्दै फोहोर सारा शहर, पथ, कुना दृश्य वीभत्स पार्ने
सम्झाएमा कसैले सजग, नत नभै साफ उल्टै झपार्ने
सोझा सादा बटुल्दै घरिघरि जुलुसै लाउनै पाइँदैन
यस्तो दादागिरीमा गरिब मुलुकमा क्यै गरे जाइँदैन ।४।

हेर्ने हो पञ्च,राजा अदलबदल हुँदै बाम काँग्रेस सारा
मौकामा हान्न चौका दल सफल सबै एकनासे छ पारा
काँटामा जोख्नुपर्दा घटबढ नभई भिन्नता पाइँदैन
यस्तो मौका नमिल्ने परमुलुक कठै ! जाइँदै जाइँदैन । ५।

०००
फुएतप्पा, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x