साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिको रङ

ऊ यसरी कसरी रङ्ग बदलिरहन्छ ? ऊ यसरी कसरी ढङ्ग बदलिरहन्छ ? ऊ त छेपारोजस्तो पो भयो आमा ! ऊ त भाइरसजस्तो पो भयो गुरुजी ! लाग्छ— कोरोना उसैको सन्तान हो उसैको एउटा अदृश्य स्वरूप हो !

Nepal Telecom ad

युवराज भण्डारी :

मैले पढेका किताबहरूमा
सफेद अनि कञ्चन
स्वरूपमा मात्र पढेको थिएँ उसलाई
आमा भन्थिन्—
यस्तै थिए रे शहीदका सपना
यस्तै रङका सपना
सुनाउँथिन् उनी मलाई ।

अतः मैले देखेका सपनामा उसलाई
यही स्वभावमा मात्र चित्रित गरेको थिएँ
बाल्यकालदेखि उसलाई
त्यही आकृतिमा खोजिरहेको थिएँ
आजसम्म त्यस्तै आदतमा खोजिरहेको छु ।

जस्तो—
फूलको बोटमा फूल
जराजस्तो रङ लिएर फुल्दैन
स्वतन्त्र रूपले आफ्नै रङमा फुल्छ फूल
जराले कुनै हस्तक्षेप गर्दैन
अरू जुनसुकै रुखमा
पात काण्डजस्तो खैरो भएर फैलिँदैन
स्वच्छन्द रूपले हरियो रङमा सप्रिन्छ पात
काण्डले कुनै दक्खल दिँदैन ।

यी मान्यताभन्दा ऊ अलग भयो
यी सब सिद्धान्तभन्दा ऊ पृथक् भयो
उ, रङहरूमा मिसिएर रङ बिगार्न सक्छ
सबै अङ्गप्रत्यङ्गमा पसेर नियन्त्रण गर्न सक्छ
फोहोर बनेर पानीमा मिसिन्छ
पानी बनेर दूधमा मिसिन्छ
महँगी बनेर सिटामोलमा मिसिन्छ
बेलाबेला
कैँची बनेर बिजुलीका तारहरू काट्छ
गरिबी बनेर घरहरूमा पस्छ
हड्ताल बनेर विद्यालयहरूमा पस्छ
अनि, पुजारी बनेर मन्दिरहरूमा पस्छ ।

ऊ यसरी कसरी रङ्ग बदलिरहन्छ ?
ऊ यसरी कसरी ढङ्ग बदलिरहन्छ ?
ऊ त छेपारोजस्तो पो भयो आमा !
ऊ त भाइरसजस्तो पो भयो गुरुजी !
लाग्छ—
कोरोना उसैको सन्तान हो
उसैको एउटा अदृश्य स्वरूप हो !

आमा !
मैले तिमीसँग मिथ्या सिकेँ त ?
गुरुजी !
मेरो सिकाइमा त्रुटि भयो र ?

०००
तनहुँ, हाल: क्यानडा
‘अर्को कर्नाली’ कवितासङ्ग्रह (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x