साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माकुराको जालो

प्रायःजसो बिरोधको स्वर काम नलाग्ने टालो आफ्नै मात्र ढलिमली राज्यदोहन जालो चोर्नेलाई सुली भन्दा चौतारोको पालो “हाम्रो” मान्छे “राम्रो” मान्छे परिभाषा कालो ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

मुलुकको राजनीतिमा
माकुराको जालो
युवा पङ्घति उर्जा भन्दा
वृद्ध आलोपालो

हिंग नभएनी धाकधक्कु
हिंग बानेको टालो
सहयोगी भाई, भतिजा
ससुराली, सालो

चारैतिर नातावाद र
मतियारको जालो
ठेक्कापट्टा भागवण्डा
आफन्तको पालो

जनताको प्रगतिमा
भने मुख कालो
तरपनि ठूलो गर्जन
गठवन्धन जालो

हारेकालाई संरक्षण
समानुपातिक पालो
घुमाईफिराई उपहार
मन्त्री पद आलो

प्रायःजसो बिरोधको स्वर
काम नलाग्ने टालो
आफ्नै मात्र ढलिमली
राज्यदोहन जालो

चोर्नेलाई सुली भन्दा
चौतारोको पालो
“हाम्रो” मान्छे “राम्रो” मान्छे
परिभाषा कालो ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
11 months ago

गतिलो झापड!!

Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x