साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश बनाउँ

"यसको अर्थ हजुरहरू तीनव़टा दल बाहेक अरूले देशको र गणतन्त्रको रक्षा गर्न सक्दैनन् ? जसरी भए पनि हजुर तीनौटा दलहरूको सरकार हुनै पर्यो ?"-पत्रकारले व्याङ्ग्यात्मक शैलीमा सोधे।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“सर अहिलेको अबस्थामा देश कसरी बन्छ ?”- खुसिरामले कपुर सिंहलाई सोध्यो।
आज सबै राजनैतिक पार्टीहरूका पत्रकारले अन्तर्वार्ता लिँदै छन्। एउटै मञ्चमा प्रमुख तीन दलहरू जुटाएका छन्।

“धेरै राम्रो प्रश्न उठाउनु भयो। अहिले समग्रहमा भन्नुपर्दा देशको अवस्था दयनिय छ । अहिलेसम्मकै तरल अवस्थामा छ। यसो हुनु स्थाई सरकार नभएर हो। त्यसैले अहिलेको निर्वाचनमा हाम्रो पार्टीलाई सम्पष्ट बहुमत दिनुपर्छ।”- कपुरसिंहले आफ्नो बिचार राख्यो।

“देवेन्दर सर ! हजुरको बिचारमा के गर्नुपर्ला ?”- पत्रकारले उहि बिचार अर्को पार्टी प्रमुखलाई सोधे।
“कपुरसिंहको पार्टी आयो भने देश कङ्गाल हुन्छ। अहिलेको अवस्थामा जनताले पूर्ण बहुमतको सरकार बनाउने मौका हाम्रो पार्टीलाई दिनुपर्छ। हामीले मात्र देशको विकास गर्नसक्छौँ र स्थाई सरकार प्रदान गर्न सक्छौँ।

“हजुरको दृष्टिमा अहिलेको अवस्थामा के गर्नुपर्ला ?”- पत्रकारले पवनकुमारलाई सोधे।
“प्रष्टै छ अहिलेको अवस्थामा जनताले यहाँहरूको पार्टीको सरकारबाट निकास चाहेका छन्। देशको विकासका लागि अहिले हाम्रो पार्टीलाई पूर्ण बहुमत दिनुपर्छ।”-पवनकुमारले पनि आफ्नो बिचार राख्यो।

“जनताले फेरि पनि कसैलाई बहुमत दिएनन् भने के गर्नुपर्ला ?”- त्यस्तो अवस्था परिआए कुनै पनि राम्रो दलसँग मिलेर सरकार चलाउँछौँ ?”- कपुरसिंहले भने।

“चुनाव लड्दा एउटाले अर्कालाई भ्रष्टाचारी भन्ने अनि बहुमत पुराउन उनैको बिचमा एकता गर्ने यो कस्तो नीति हो ?”-पत्रकारले सोध्यो।
“कहिलेकाँही हामीले सत्ताको लागि होइन देशको लागि गणतन्त्रको रक्षाको लागि दुश्मन शक्तिसँग पनि एकता गरेर जानुपर्ने हुन्छ।

“यसको अर्थ हजुरहरू तीनव़टा दल बाहेक अरूले देशको र गणतन्त्रको रक्षा गर्न सक्दैनन् ? जसरी भए पनि हजुर तीनौटा दलहरूको सरकार हुनै पर्यो ?”-पत्रकारले व्याङ्ग्यात्मक शैलीमा सोधे।

“हो, देशको अवस्था अनुसार हामीले आलोचनात्मक एकता गरेर जानुपर्छ।”-पवनकुमारले भने।
“सर देशको अवस्था नभनेर यसलाई पार्टीको अवस्था भन्न मिल्लैन ?”- पत्रकारले तीनौटैको मुखमा हेर्दै व्यङ्यात्मक प्रश्न गरे ।

०००
घोराही- १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
जेल

जेल

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x