साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यात्रा र कहर

टाढा पुग्न हतारले बस बढे गर्दै हतारो कति केही पार भए कुनै बस फस्यो बाढी हुनाले अति । हाहाकार भयो फसेर बस नै बाढी तथा भेलमा चिन्ता मात्र मडारियो कहरमा यो मृत्युको खेलमा ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

यात्रा गर्न भनी यता सडकमा झोला भिरी निस्किएँ
हो गन्तव्य त पूर्वको र कसरी जाने भनी घोत्लिएँ ।
रातीको बस पाइयो टिकटको चाँजो र पाँजो गरी
सन्ध्याका पलमा सवार भइयो बाटो उतैको गरी ।।१

एक्लो निर्जन ठाउँमा बस लगी रोकाउँछन् चालक
खाना मात्र छ नामको र असुली धन्दा ठगी पालक ।
हामीले लमही पुगेर गरियो खानापिना साँझमा
काँचो भात र पातलो तुरतुरे त्यो दालका साथमा ।।२

त्यो नारायणघाट पुग्नु छ छिटो गन्तव्य पूरा गरी
यो यात्रा शुभ पार शङ्कर तिमी सङ्कष्ट टारून् हरि ।
बर्खाको ऋतु हो असार महिना वर्षा भएको निकै
खोला छन् धमिला तथा सडकमा पानी हिलो उत्तिकै ।।३

पानी भित्र चुहेर धर्धर थियो थोत्रो थियो वाहन
खै के मर्मत गर्दछन् कि अथवा धोके हुनन् वाइन ।
बाटो जीर्ण हिलो थियो सडक नै रोपाइँ गर्ने सरी
यस्तोमा कसरी हिँडून् बसहरू जानून् तिनै वा हरि ।।४

केही दूर पुगेर वाहन परे लामो ठुलो जाममा
बाटोको पुल भत्किएछ सुनियो हामी पर्‍यौं मारमा ।
खोलाबाट तराउने विषयका चर्चा सुनेका थियौँ
बेला रात्रि छ भेल साथ खहरे बढ्दै गए आत्तियौँ ।।५

टाढा पुग्न हतारले बस बढे गर्दै हतारो कति
केही पार भए कुनै बस फस्यो बाढी हुनाले अति ।
हाहाकार भयो फसेर बस नै बाढी तथा भेलमा
चिन्ता मात्र मडारियो कहरमा यो मृत्युको खेलमा ।।६

क्रमशः

०००
बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x