सुभाषचन्द्र देवकाेटातिम्रो बाटो बदलियो
तिमीले बाटो फेर्यौं, सपनाहरुको हत्या गर्यौ, तिम्रो जीब्राको स्वाद बदलियो खाएको कसम बिर्सियौ हेर्दाहेर्दै तिमी अर्कैको भयौ। अनि तिम्रो र मेरो बाटो बदलियो।

सुभाषचन्द्र देवकाेटा :
हिँड्न त
तिमी र म सँगै हिँडेको हो
तर बीच बाटोमा पुगेपछि
तिमीले नै बाटो मोड्यौ ।
देख्न त
तिमीले र मैले देखेको सपना एउटै थियो
तर बीचमा पुगेपछि,
तिमीले नै सपनामाथि अन्तरघात गर्यौ।
कुम, कुम जोडेर
अघि बढ्ने कसम खाएको पनि हो
तर बढ्दा बढ्दै
तिमीले नै नियत बिगार्यौ।
खान त
तिमीले र मैले एउटै थालमा भात खाएको हो
तर जब सुनको थाल देख्यौ
तिम्रो जिब्रोको स्वाद नै बदलियो।
उभिन त
तिमी र मैले सँगै शिर ठाडो परेर उभिएको हो
तर जब तिमीलाई सत्ताको हावाले छोयो
तिम्रो शिर नै निहुरियो।
शपथ त
तिमी र मैले सँगै खाएको हो
तर जब तिमी लुटेराहरुको संगतमा पर्यौ
तिम्रो नियत नै खोटो देखियो।
तिमीले बाटो फेर्यौं,
सपनाहरुको हत्या गर्यौ,
तिम्रो जीब्राको स्वाद बदलियो
खाएको कसम बिर्सियौ
हेर्दाहेर्दै तिमी अर्कैको भयौ।
अनि
तिम्रो र मेरो बाटो बदलियो।
०००
गाेरखा
Subscribe
Login
0 Comments
Oldest





































