साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोड्सेडिङकाे पत्र

राख्लान् मानिस तालिका रुटिन त्यो सुध्रिन्छ बानी पनि मेरै कारणबाट अ‍ार्जन गरी बन्नेछ कोही धनी होऊ ढुक्क अवश्य अ‍ाउँछु त्यहाँ बाटो मिल्यो सुन्दर मैले पाउँछु फल्न फुल्न अहिले माटो छ रे ऊर्वर ।

Nepal Telecom ad

राजेन्द्र घायल :

धेरै वर्ष बिते म गायव थिएँ त्यस्तै पर्‍यो वाध्यता
पाएँ बल्ल निमन्त्रणा अब छिटै भेटिन्छु होला त्यता
फालेका पहिले अचानक अहो बर्खास्त मेरो गरी
पाएँ थाह पुनर्बहाल गरिने सन्देश यो सुस्तरी ।

मेरै स्वागत गर्न अ‍ातुर अरे खोलेर अ‍ात्मा मन
इन्भर्टर् अनि मैन लालटिन या सोलार बेच्नेजन
छन् रे मख्ख बिचौलिया कमिसने नाफा लिने दाउमा
जप्दै छन् कति भक्त किर्तन गरी मेरो यही नाउँमा ।

लोडसेडिङ् प्रभु फर्क फर्क मनमा यै मन्त्र जप्छन् अरे
मैले साथ दिए तलो महलका अ‍ाकार थप्छन् अरे
गाह्राे भो अति अन्धकार नहुँदा घाँडो उज्यालो भयो
चोर्नेका पनि अ‍ाय अ‍ार्जन घट्यो पेसा हरायो गयो ।

गाह्राे भो अनुदान माग्न परको पाइन्न केही निहुँ
भन्छन् हेर विदेशबाट बिजुली तिम्रै छ खै के दिऊँ
लोडसेडिङ् भनिने छ शब्द अघिको कस्तो र के हो भनी
अ‍ामा बासित प्रश्न बालकहरू गर्छन् अरे सोधनी ।

यस्तो हुन्छ भनेर भन्न पनि मै अ‍ाँखानिरै चाहिने
बत्ती मैन टुकी र लालटिनको श्रद्धा निकै पाइने
खाँचो खट्किरहेछ प्रष्ट म भएँ पक्कै त्यता अ‍ाउँछु
अ‍ाफ्नो बेग बढाउँदै घरघरै अ‍ाँखा सदा लाउँछु ।

राख्लान् मानिस तालिका रुटिन त्यो सुध्रिन्छ बानी पनि
मेरै कारणबाट अ‍ार्जन गरी बन्नेछ कोही धनी
होऊ ढुक्क अवश्य अ‍ाउँछु त्यहाँ बाटो मिल्यो सुन्दर
मैले पाउँछु फल्न फुल्न अहिले माटो छ रे ऊर्वर ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
पाकेन काँचै रह्यो

पाकेन काँचै रह्यो

राजेन्द्र घायल
कुकुरहरुको विरोधपत्र

कुकुरहरुको विरोधपत्र

राजेन्द्र घायल
तिम्रो भाषण र हाम्रो कविता

तिम्रो भाषण र हाम्रो...

राजेन्द्र घायल
भ्रष्टाचार गरौँ

भ्रष्टाचार गरौँ

राजेन्द्र घायल
के फल्यो के फल्यो ?

के फल्यो के फल्यो...

राजेन्द्र घायल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x