साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौसम परिवर्तन !

अनि त आफन्त नै आफन्त, शुभचिन्तक नै शुभचिन्तक ! ताल पे ताल मिला !! आइडिया सुपर हिट ! लक्ष्मीमाताको कमाल ! यू जी सीको मह छौञ्जेल यहाँ अध्यक्ष बन्न होडबाजी होइन ? सबै "हनी र मनी इफेक्ट !" रे विभीषण !

Nepal Telecom ad

धनराज गिरी :

राम्रो लेख्छ धर्मेन्द्र सोझा, अति राम्रो लेख्छ। मेधावी पनि हो। हक्की पनि हो। तर, गज्जब, न उसको किताबको कतै चर्चा हुन्छ, न कसैले समीक्षा गर्छ। हो, ऊ कुनै पनि साहित्यिक गुटमा छैन।

“झोले त ऊ यो जुनीमा बनेन ।” रङ्गदास बनेन। उदास पनि छैन । घनेन्द्र ओझा, राजकुमार बानिया, हरि अधिकारी, रमेश प्रभात, अनिता कोइरालाहरू धर्मेन्द्र सोझालाई चिन्दैनन्।

यसरी सिर्जनाको दुनियाँमा आफूले तारीफ त के आलोचना पनि नपाएको अवस्थामा ऊ, हो ऊ, “धर्मेन्द्र सोझा” पुग्यो महागुरु “प्रोफेसर श्री९ धनेन्द्र धीर विक्रम धीरोदात्त चाह देव नास्तिकश्रीको निवासमा, आलोकनगर ।”

आफ्नो सम्पूर्ण पीर सुनायो, महागुरुले खीर खुवाए, धीर हुन भने । हेर चेला, सम्मोहनको कहानी पनि तिम्रोजस्तै हो, नेत्रकान्ता गौतमीको प्रतिभा काबिले तारीफ, तर छैन त्यति चर्चा, जति हुनुपर्ने हो, हे सोझा, सुन्, …..” कानमा खुसुक्क गायत्री होइन “उदयमन्त्र” दिए, उत्तरआधुनिक, लीला सुझाए, धरावासीहरूको शैलीको रहस्य भने गुरुदेव, महागुरु, वासुदेव त्रिपाठीको सम्धीले। उज्यालो अनुहार बनाएर फर्कियो सोझा, “धर्मेन्द्र सोझा !”

कमाल, मौसममा परिवर्तन ! आमूल परिवर्तन ! भिडिओ कल, लगातार, “वाह,सोझाजी क्या लेख्नुहुन्छ !” दाङबाट ।

“अरे सोझाजी, म हजुरको ससुरालीको ससुरालीको मावलीको मावलीको नाति !” भरतपुरबाट । ४३ समीक्षा । ७४ कमेन्ट, ३६ शेयर। भाइरल भयो धर्मेन्द्र सोझा, नयाँ नयाँ हेमा मालिनीहरू पनि फेसबुकमा साथी हुन आए । उसको किताबको “नवौं संस्करण ” आयो । जता पनि “उदण्ड पुराण” को चर्चा ! साहित्यपोस्टले “दशनामी रत्न” भनी “भैरवश्री !!” पदवी दियो । धर्मेन्द्र सोझा अर्को “अनल” नवराज + नवराजको योग भयो।” मौसम परिवर्तन !”

“किन यस्तो रातारात यति चर्चाको चुलीमा पुग्यो धर्मेन्द्र ? त्यो सोझाले यो बोझा कसरी उठायो ? कताबाट यो “बालेनख्याति” पायो ? “जगन्नाथ अधिकारीसित उपेन्द्र सुवेदीले सोध्यो । मुस्कुरायो जोगी जोगाए कान्छो असार २८, भानुभन्दा एक दिनले जेठो, शहीदरत्न, खुसुक्क भन्यो, “हाम्रा प्रोफेसर दाजु जगमोहन आजाद सुमेधाश्रीको सम्धीको करामत, “मेरो पिताजीको पैत्रिक सम्पत्ति, पाल्पाको, बेचेर रु. ५० करोड आयो, कता लगानी गर्ने होला ? भनेर एक नारदलाई सुनायो, काण्ड पुग्यो !

अनि त आफन्त नै आफन्त, शुभचिन्तक नै शुभचिन्तक ! ताल पे ताल मिला !! आइडिया सुपर हिट ! लक्ष्मीमाताको कमाल ! यू जी सीको मह छौञ्जेल यहाँ अध्यक्ष बन्न होडबाजी होइन ? सबै “हनी र मनी इफेक्ट !” रे विभीषण ! नक्कली महाजन बने पनि इज्जत पाइन्छ, आवरणको भए पनि !”

“मौसम परिवर्तन !” उपेन्द्रको मनमा कुरा खेल्यो। उता धर्मेन्द्र सोझा सम्मान थाप्न सुर्खेत पुग्यो।

०००
हाल: क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x