साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखेर पो के गरूँ ?

गुम्सेको छ समाजमा विकृतिको, थोप्रो पहाडै बनी पन्छाई अघि बड्न जोड गरने छैनन् यहाँ कोइ पनि । थुप्रोमा अझ झन् थुपार जन हो भन्नेहरू छन् बरू पढ्ने पाठक छैन बुझेर कविता, लेखेर पो के गरूँ ।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

बेची नैतिकता किनेर महँगा, पैरेछ जो पैरन
नैतिक पाठ पढाउदैछ अझ ऊ, विद्वान झैं भैकन ।
हेर्दा बाहिरबाट खुला नजरले देखिन्छ सर्वाङ्ग जो
बुझ्दैनन् सबले विकार उसको, पाखण्ड त्यही त हो ।।

गान्धारी हुन वाध्य छन् जनहरू, छोपेर आँखा यहाँ
चल्ने शासन हो युधिष्ठिर जिको कौरवहरू छन् जहाँ ।
बोल्दैनन् किन हो बुझेर पनि खै, विद्वान भन्नेहरू
हेरी शासकको तमास दिनकै, चुप्चाप बस्छन् बरू ।।

फेर्छन् रंग तुरुन्त बुद्धिजिबिले कस्तो छ को के चिनौँ
दासी हुन् सब यी बडा गुरुहरू, विद्वान कस्को भनौँ ।
जानेको सबले छ दोर्ण गुरुको, शिद्धान्त जो घोक्दछ
जान्दैनन् बिचरा अवोध जनता, अन्याय जो भोग्दछ ।।

माग्नेथे अँगुठा अझै गुरुहरू, चेलाहरूको यहाँ
गान्धारी जनको नितान्त मनको चल्दैछ शासन् जहाँ ।
अन्धा छन् सबका सबै जनहेरू, देख्दैन कोही पनि
सुन्दैनन् बहिरा निकाय सब यी, के हुन्छ कस्को भनी ।

गुम्सेको छ समाजमा विकृतिको, थोप्रो पहाडै बनी
पन्छाई अघि बड्न जोड गरने छैनन् यहाँ कोइ पनि ।
थुप्रोमा अझ झन् थुपार जन हो भन्नेहरू छन् बरू
पढ्ने पाठक छैन बुझेर कविता, लेखेर पो के गरूँ ।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x