बालकृष्ण खनाललेखेर पो के गरूँ ?
गुम्सेको छ समाजमा विकृतिको, थोप्रो पहाडै बनी पन्छाई अघि बड्न जोड गरने छैनन् यहाँ कोइ पनि । थुप्रोमा अझ झन् थुपार जन हो भन्नेहरू छन् बरू पढ्ने पाठक छैन बुझेर कविता, लेखेर पो के गरूँ ।।

बालकृष्ण खनाल :
बेची नैतिकता किनेर महँगा, पैरेछ जो पैरन
नैतिक पाठ पढाउदैछ अझ ऊ, विद्वान झैं भैकन ।
हेर्दा बाहिरबाट खुला नजरले देखिन्छ सर्वाङ्ग जो
बुझ्दैनन् सबले विकार उसको, पाखण्ड त्यही त हो ।।
गान्धारी हुन वाध्य छन् जनहरू, छोपेर आँखा यहाँ
चल्ने शासन हो युधिष्ठिर जिको कौरवहरू छन् जहाँ ।
बोल्दैनन् किन हो बुझेर पनि खै, विद्वान भन्नेहरू
हेरी शासकको तमास दिनकै, चुप्चाप बस्छन् बरू ।।
फेर्छन् रंग तुरुन्त बुद्धिजिबिले कस्तो छ को के चिनौँ
दासी हुन् सब यी बडा गुरुहरू, विद्वान कस्को भनौँ ।
जानेको सबले छ दोर्ण गुरुको, शिद्धान्त जो घोक्दछ
जान्दैनन् बिचरा अवोध जनता, अन्याय जो भोग्दछ ।।
माग्नेथे अँगुठा अझै गुरुहरू, चेलाहरूको यहाँ
गान्धारी जनको नितान्त मनको चल्दैछ शासन् जहाँ ।
अन्धा छन् सबका सबै जनहेरू, देख्दैन कोही पनि
सुन्दैनन् बहिरा निकाय सब यी, के हुन्छ कस्को भनी ।
गुम्सेको छ समाजमा विकृतिको, थोप्रो पहाडै बनी
पन्छाई अघि बड्न जोड गरने छैनन् यहाँ कोइ पनि ।
थुप्रोमा अझ झन् थुपार जन हो भन्नेहरू छन् बरू
पढ्ने पाठक छैन बुझेर कविता, लेखेर पो के गरूँ ।।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest






































