साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुसफुस आलु

निधारमा चिटचिट पसिना आउन थाल्याे र पुक्लुक्क ढल्याे । उसकाे मुखबाट बेसुरा ताल बाजाकाे ध्वनि झैँ मुखबाट आवाजहरू निस्कन थाल्याे । - "बेकारमा अर्काकाे जग्गामा सहि धस्काइ दे छु !"

Nepal Telecom ad

डा. विदुर चालिसे :

जब भ्रष्टाचारकाे प्रश्न मानिसहरूकाे दिमागमा चढ्थ्याे, तब उनीहरू रिङ्गटा लागेर भन्भनाउथे । आदर्श, मानवता र सत्य र धर्मकाे सिङ भाँचिएकाे देखिन्थ्याे । अनि बजारभरि हल्ला थियाे ।
– “सरकारकाे जय गान !”
अर्काेतिर विजय गान पनि थियाे । तर भ्रष्टाचारकाे नापताैल, मूल्य, प्रतिशत, लेनादेना, नजराना र दर्शनभेट पनि उतिसाराे चलिरहेकाे थियाे । एकतिर फाेसीमा बाफिएकाे ताताे आलुकाे कबाफी परिकार पनि थियाे । अर्काेतिर मात्तिएका मतदानका मतलबीहरूकाे गुनगुन धुनका विरागका रूवाइतका प्रश्नहरू थिए । अल्लारे ठिटाेले साथीलाई साेध्याे ।
– “तँलाई भ्रष्टाचार लाग्दैन ?”
– “के काे भ्रष्टाचार ?”
– “चुनावी रसद पानी उपचारकाे !”

अल्लारे ठिटाेकाे साथी अलमल्ल पर्याे । उसले पाँच वर्षमा एक छाक खाएकाे मासु भात र जवानी पानीकाे के कारणले भ्रष्टाचार भयाे हाेला र ? भन्ठान्याे । अल्लारेकाे साथीले कुरा खाेतल्याे । कुरा खाेतल्दै उसले प्याज सम्झिरह्याे । प्याजकाे बखान गर्न लाग्याे र भन्याे ।
– “अख्तियारकाे पत्र त आउँदैन नि ?”
– “चुपलाग ! आउनेलाई त समाउँदैन !”

अल्लारेकाे साथीकाे मुखबाट झुलाे मासुभात डकार जवानी पानीकाे खकार एकैपटक मुखबाट ओकल्याे । उसकाे आँखा फुस्रियाे । अनुहार कालाे भयाे । निधारमा चिटचिट पसिना आउन थाल्याे र पुक्लुक्क ढल्याे । उसकाे मुखबाट बेसुरा ताल बाजाकाे ध्वनि झैँ मुखबाट आवाजहरू निस्कन थाल्याे ।
– “बेकारमा अर्काकाे जग्गामा सहि धस्काइ दे छु !”

अल्लारेले साथीकाे अनुहार र आफ्नै हातमा लिएकाे मालपाेत कार्यालयकाे लालपुर्जा हेर्न थाल्याे । हेर्दाहेर्दै उसकाे अनुहारमा देखिएकाे उसिनेकाे आलुकाे बाेक्रा जस्तै छालाहरू दाेब्रिएका थिए । वाफिलाे फाेसीकाे सेलाएकाे आलुकाे गति झैँ नसाहरू तन्किएका थिए । वरपर जम्मा भएका मतदाताहरूकराउन थाले ।
– “फुसफुस आलुहरू !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x