साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोलेको महिमा

झोले भैकन स्वावलम्बन भुली, जो गर्छ झन् चाकरी त्यो झोले पछिपर्छ पौरख गुमी, लाग्दा नसा बेसरी जे बोल्दा पनि बोल्नु भो ठिक भनी झोलेहरू भुक्दछन् ज्यादै अन्ध बनेर यो मुलुकमा, ताली तिनै पिट्दछन् ।

Nepal Telecom ad

विदुर अधिकारी :

‘झोले’को बुझ अर्थ छैन गतिलो, यो शब्दको कोशमा
मान्छे दौडन तम्तयार किन छन्, झोले हुने रेसमा
झोलाभित्र हजार काव्य रसिला बोकेर हिँड्छन् कवि
झोले बन्न रुचाउँदैन तर ऊ, बिग्रन्छ रे सत् छवि
(१)

ए ! “झोले हुन चाहने मनुज हो”, झोले भनेको बुझ
अर्काको भरिया बनेर रहँदा, पर्ला निकै सङ्कट
झोले शब्द स्वयम् छ तिक्तपनको गाली सरी लोकमा
अन्धो भक्त भएर बन्न पुगिए, पर्ने छ है शोकमा
(२)

नेताका पछि लाग्छ जो दिनदिनै, झोले त्यही व्यक्ति हो
आफ्नै स्वार्थ पुकार्छ जो श्रमबिना झोले त्यही शक्ति हो
झुट्टा बात सुनेर मञ्चबिचमा, जो पिट्छ ताली अति
झोलेव्यक्ति भनेर जान त्यसले, पार्ला अवश्यै खती
(३)

नेताका पिछलग्गु भै पद लिनै जो हिँड्छ झोला भिरी
त्यस्तो व्यक्ति अवश्य हुन्न गतिलो, होला भिखारीसरि
आफ्नै दिव्य विवेक, गोबर भरी, गिर्दै गए सज्जन
साँचो राष्ट्रियभाव चिन्तन कुनै, बुझ्दैन झोले सुन
(४)

झोले भैकन स्वावलम्बन भुली, जो गर्छ झन् चाकरी
त्यो झोले पछिपर्छ पौरख गुमी, लाग्दा नसा बेसरी
जे बोल्दा पनि बोल्नु भो ठिक भनी झोलेहरू भुक्दछन्
ज्यादै अन्ध बनेर यो मुलुकमा, ताली तिनै पिट्दछन्
(५)

झोलाभित्र किताब राख गतिला सद्ज्ञान देला बरु
झोले बन्नु किमार्थ हुन्न जन हो बिग्रन्छ रे आबरु
‘रामे’ बन्नु हुँदैन हे मनुज हो श्री ‘राम’ बन्ने गर
झोले भैकन हिँड्नु हुन्न कहिल्यै, शब्दार्थ बुझ्ने गर
(६)

०००
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x