साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफैंप्रति

उखुन्डो कपटी तेरो चालामा स्वार्थगन्दगी भयो बेकारको टन्टा गन्धैगन्ध छ जिन्दगी ॥ तँ हाँस्ता पनि हाँसोमा विषका अणु छन् कति बन्द छन् मनका आँखा आसुरी मनु छन् कति ॥

Nepal Telecom ad

जीवनाथ अधिकारी :

कालो सोच लिई घुम्छस्
ब्वाँसाको पनि बाउ ए
बिर्सिन्छस् गुनको भाका
नित्य चाटेर घाउ हे ॥ १ ॥

दायित्वहीन भै घुम्छस्
अर्कैबाट टरुन् सबै
कृत्याकृत्य बुझिस् कस्तो
आफू बाँचूँ मरुन् सबै ॥ २ ॥

उखुन्डो कपटी तेरो
चालामा स्वार्थगन्दगी
भयो बेकारको टन्टा
गन्धैगन्ध छ जिन्दगी ॥ ३ ॥

तँ हाँस्ता पनि हाँसोमा
विषका अणु छन् कति
बन्द छन् मनका आँखा
आसुरी मनु छन् कति ॥ ४ ॥

वय काँचो हुँदै हैन
बुद्धि पाकेन अन्यतः
ईर्ष्या पालेर के जल्नु
स्वयम् सिद्धिन्छ अन्ततः ॥ ५ ॥

आँखामा फूलका दृश्य
राखे देखिन्छ फूल नै
काँडाका दृष्टिमा हेरे
काँडैकाँडा जताततै ॥ ६ ॥

कुण्ठाले तँ अझै जल्छस्
कुण्ठा खोलेर फालिदे
भत्केको मनको प्वाल
विष फालेर टालिदे ॥ ७ ॥

०००
२०८२ असार २२
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x