साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छे, गुरु प्रवर हुन्

शिक्षा दीक्षा अनुभव ठुलो चेतनाले सिँगारी खारेजस्तै सुन अनलमा बुद्धि बस्छन् तिखारी माया गर्ने सकल जनमा ईशकै रूप धर्ने पाका मान्छे, गुरु प्रवर हुन्, ज्ञानको ज्योति छर्ने॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

भोगी धेरै, हिउँद बरखा, जो छ थाक्दै नथाक्ने
आफैँ बन्ने, अनुपम रथी, उच्च गार्हस्थ हाँक्ने
खट्ने रोजै, शुभ समयमा, कर्ममा जोड गर्ने
पाका मान्छे, गुरु प्रवर हुन्, ज्ञानको ज्योति छर्ने॥१

दिन्छन् आज्ञा शिखरतिरको मार्ग रोकेर झर्ने
बन्छन् चुत्था मनुज जहिले वृद्ध सामु नपर्ने
दिन्छन् अर्ती सहजसितले घोर जङ्घार तर्ने
पाका मान्छे, गुरु प्रवर हुन्, ज्ञानको ज्योति छर्ने॥२

बोकी हिँड्छन् हरबखत जो चेतनाको दियालो
धोईदिन्छन् हृदय बिचको द्वेष दुर्भाव कालो
आस्था आफ्नो अटल जहिले गर्दछन् उच्च धर्ने
पाका मान्छे, गुरु प्रवर हुन्, ज्ञानको ज्योति छर्ने॥३

ठान्छन् मान्छे स्वजन सब नै विश्व ठान्छन् मझेरी
आओस् भन्छन् यस अवनिमा स्वर्गको सान फेरि
दिन्छन् ऊर्जा शिखरतिर नै उक्लिने जोड गर्ने
पाका मान्छे, गुरु प्रवर हुन्, ज्ञानको ज्योति छर्ने॥४

योद्धाजस्तै हरपल लडी थाम्न खोज्छन् गृहस्थी
सेवा गर्दै पद विविधमा जो बने दक्ष हस्ती
दोस्रो पुस्ताकन विजयको मार्ग निर्देश गर्ने
पाका मान्छे, गुरु प्रवर हुन्, ज्ञानको ज्योति छर्ने॥५

शिक्षा दीक्षा अनुभव ठुलो चेतनाले सिँगारी
खारेजस्तै सुन अनलमा बुद्धि बस्छन् तिखारी
माया गर्ने सकल जनमा ईशकै रूप धर्ने
पाका मान्छे, गुरु प्रवर हुन्, ज्ञानको ज्योति छर्ने॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x