साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कीर्तिशेष चालिसेको व्यक्तित्व र कृतित्व विशेष परिचर्चा सम्पन्न

समाजका अध्यक्ष मोहन चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा चालिसेका विविध साहित्यिक व्यक्तित्वमध्ये नियात्रामा उहाँको योगदानका बारेमा गहन चर्चा भएको थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ असार २२ । नेपाली भाषा, साहित्यका विशिष्ठ साधक कीर्तिशेष विजय चालिसेको जन्मदिवस असार २२ गतेको अवसरमा उहाँका सिर्जनाका बहुआयामिक व्यक्तित्वमाथि परिचर्चा गरिएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीस्थित रमेश विकल साहित्य प्रतिष्ठानमा नियात्रा समाज नेपालले “नियात्राकार विशेष व्यक्तित्व र कृतित्व परिचर्चा कार्यक्रम” आयोजना गरेको हो ।

समाजका अध्यक्ष मोहन चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा चालिसेका विविध साहित्यिक व्यक्तित्वमध्ये नियात्रामा उहाँको योगदानका बारेमा गहन चर्चा भएको थियो ।

साहित्यकार चालिसेको तस्वीरमा माल्यार्पण गरेपश्चात एकमिनेट मौनधारण गरेर सुरु गरिएको कार्यक्रममा वक्ताहरुले उहाँको नियात्रा अनुसन्धान, ज्ञान र यथार्थपरक हुनुका साथै साहित्यिक रस र गुणले भरिएको परिचर्चा गर्नुभएको थियो ।

कार्यक्रममा समालोचक प्रमोद प्रधान र नियात्रा विधाभित्र पनि हिमाललाई समेट्ने नियात्राकार प्रतीक ढकालले चालिसेका नियात्राको पाँच संग्रहको सूक्ष्म समीक्षा गर्दै त्यसको प्रभाव र साहित्यिक गुण तथा समाजमा पर्ने प्रभावका बारेमा प्रकाश पार्नुभएको थियो ।

यसै गरी नियात्राकार तेजप्रकाश श्रेष्ठ, विजय चालिसेका भाइ नियात्राकार महेन्द्र चालिसे तथा पोषण पाण्डे, तिर्थ सदनका महासचिव रञ्जु पाण्डेले उहाँको व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा चालिसेको कान्छा छोरा आलोक चालिसेले आफ्ना पिताले शैक्षिक, सामाजिक तथा साहित्यिक क्षेत्रमा दिनुभएको योगदानका बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो । छोरी अञ्जु चालिसेले आफ्ना पिताको सम्मानमा कार्यक्रम आयोजना गर्ने नियात्रा समाज तथा उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापतित्व गर्नुभएका मोहन चापागाईले रमेश विकलदेखि विजय चालिसेसम्मको साहित्यिक योगदानको चर्चा गर्दै यो विरासत तेस्रो पुस्ताले सम्हाल्नुपर्ने सुझावसहित सभा विसर्जन गर्नुभएको थियो ।

विष्णुप्रसाद शर्मा पराजुलीको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा नियात्रा समाजका महासचिव भावानी खतिवडाको कुशल संचालन रहेको कार्यक्रममा प्रह्लाद पोखरेल, पोषरमण चापागाईं, गोविन्द घिमिरे वेदमणि, कृष्ण बाउसे, रामप्रसाद पौडेल, गोपाल बराल, शाम्व कुमार चालिसे, गणेश योञ्जन, रमेश प्रसाद खनाल, कार्तिकेय घिमिरे, प्रतीक घिमिरे, यादव देवकोटा, सागरराज सुवेदी लगायत पचासभन्दा बढी स्वनामधन्य साहित्यकार तथा सामाजिक अभियन्ताको उपस्थिति रहेको थियो।

वरिष्ठ पत्रकार तथा साहित्यकार चालिसेको २०८२ जेठ १६ गते शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको थियो । ७४ वर्षको उमेरमा निधन हुनुभएका चालिसेको हालसम्म ७२ कृति प्रकाशित छन् भने केही प्रकाशनको क्रममा रहेका छन् ।

०००
आलोक चालिसेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x