साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खरानी बनाए

दुखेको छ छाती कहाँ गै जँचाउँ चढाउँ कहाँ चोट आफ्ना बिसाउँ थुनी चोक नाका रत्यौली मनाए र, यो देशलाई खरानी बनाए।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

कुनै भन्छ टुक्रा गरी भाग लाउँ
कुनै भन्छ देऊ कलेजो म खाउँ
लुछी देश यो खान यी सल्बलाए
र, यो देशलाई खरानी बनाए।

थियो विश्वमा शान्तिको पूज्य ठाउँ
चिनारी थियो बुद्धको दिव्य नाउँ
बिरानो कुनै त्यो कहानी बनाए
र, यो देशलाई खरानी बनाए।

छ माटो सुनौलो धरा उर्वरा छन्
यहीँ स्वर्ण फल्ने पखेरा गरा छन्
सबै सिर्जनामाथि आगो खन्याए
र, यो देशलाई खरानी बनाए।

बोलाएर व्याधा चढाई सुपारी
छ यो राष्ट्रमा मृत्युको खेल जारी
यताका उताका हरामी जुटाए
र, यो देशलाई खरानी बनाए।

छ गोली उसैको निशाना उसैको
छ बोक्सी उतैको र धामी उतैको
सलाई उतैबाट कोरी पठाए
र, यो देशलाई खरानी बनाए।

दुखेको छ छाती कहाँ गै जँचाउँ
चढाउँ कहाँ चोट आफ्ना बिसाउँ
थुनी चोक नाका रत्यौली मनाए
र, यो देशलाई खरानी बनाए।

०००
भैरहवा
सीमान्त स्वर (२०८०)

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

ज्ञवाली गुरुले कविता पढाए
यी सुन्दर हरप लौ कसोरी बनाए ?

युगल बसेल
युगल बसेल
1 year ago

अहो काव्यधारा गजबको बगाए
थियो पद्य तृष्णा खरानी बनाए

Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
2
0
Would love your thoughts, please comment.x
()
x