साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मंगल ग्रहमा पुग्न सजिलो थियो, हुम्ला पुग्न पाे गाह्राे !

“हाम्रै पहलमा हुम्लामा बाटो बेनको हो ।” तर सरकार गठन भएको त १ वर्ष मात्रै भयो । हुम्लामा बाटो जान त ४० वर्ष लाग्यो नि । यहि सरकारले हुम्लाको बाटो बनाएको हो ?

Nepal Telecom ad

पदम भण्डारी :

वि.सं. २०८२ साल असार २२ गते – हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको ऐतिहासिक दिन ! आज खुसीको दिन: हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने दिन । वि. सं. २०८२-०३-२२ ओहो । बरु मंगल ग्रहमा जान सजिलो थियो तर मेरो नेताजीले हुम्लामा बेलिब्रिज जोडिदिनु भयो र सहज बनाई दिनुभयो ।

वर्षौंको पर्खाइ, हेलिकोप्टर चार्टर, भब्य शिलान्यास, थुप्रै अनुगमन भ्रमण र तीन पुस्ताले बोलेको “अब मोटर गाडी आउने रे” को कथालाई अन्ततः आज बिसर्जन दिँदै ! हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

सामाजिक सञ्जालमा पोस्टहरू आयो – “अब हुम्लामा मोटर गयो, “नेताजी जिन्दावाद ! यस्तो चमत्कार त नासाले पनि सक्दैन !”

सडक बन्यो रे ! हो बन्यो, तर ४० वर्ष पछि । हुम्ला सडकमा जोडिँदा देशभर जुलुस निस्कियो । बेलि ब्रिजको फोटो, नेता जीले रातो फित्ता काटेको फोटोहरुले झोलेहरुका फेसबुकका भित्ताहरु रंगिए । तर मैले देख्दा भने बाटोमा हिलो र ढुंगा छ, पुल आधा मात्रै बनेको छ, टेन्डर चाहिँ ५ पटक फेरिएको छ । कुनै एकजना गाउँलेले त हाँस्दै भन्नुभयो- “बरु मंगल ग्रहमा रकेट पठाउन सजिलो भयो होला, तर हाम्रो गाउँमा मोटर आउन ४० वर्ष लाग्यो ।”

नेताजीको चमत्कार
शहरदेखि सदरमुकामसम्म नेताजीको पोस्टर टाँसियो । लेखियो – “यस ऐतिहासिक कार्यको श्रेय हाम्रो पार्टीलाई जान्छ।” “हाम्रै पहलमा हुम्लामा बाटो बेनको हो ।” तर सरकार गठन भएको त १ वर्ष मात्रै भयो । हुम्लामा बाटो जान त ४० वर्ष लाग्यो नि । यहि सरकारले हुम्लाको बाटो बनाएको हो ?

एक नेताले त उभिएर भने – “मैले बेलि ब्रिज जोडेँ, मैले सडक बनाएको हुँ । मेरो सपना साकार भयो।”
खासमा त ४० वर्षअघि भएको योजना हो, तर शिलान्यास ५ पटक, उदघाट ३ पटक, र फोटो खिचाइ ५० पटक भयो । तर बेलि ब्रिज एकचोटि मात्र त्यो पनि २०८२ मा जोडियो ।

फेसबुकमा सेलिब्रेशन: फोटा, फ्लेक्स र फूल
झोलेहरुले टिकटिक बनाएका छन्- “अब हामी पनि बाइक चढेर सिमकोट सदरमुकाम जान सक्छौं!” “हामीलाई हवाईजहाज होइन, हिलो नै सही सडक भेटियो !”

युवा नेता लाईभ आएका छन् – “हामीले परिवर्तन ल्याएका छौं । यो हाम्रो पुस्ताको जित हो ।” त्यसैबेला गाउँले बुढा भन्दैछन् – “हाम्रो त घुँडो काम नलाग्ने भयो, अब नयाँ पुस्ता मात्र हिँड्न पाउँछ।”

विकासको हल्ला, व्यवहारिक दु:ख
यो सडक चल्न थालेपछि अब शुरु हुन्छ- ढुंगा खस्ने डर, गाडी पल्टने समाचार र “यातायात रोकिएको छ” भन्ने सूचना । तर फेरि पनि, “हाम्रो पालामा त सडक आएको हो” भन्ने नेताजीको गर्व रोकिन्न ।

सडक बनाउन गाह्रो होइन, सोच नै गाह्राे !
हो, हामीलाई हर्ष लागेको छ । हाम्रो दूरदराजको हुम्ला जिल्ला अन्ततः सडकसँग जोडिएको छ । तर त्यसमा गर्वभन्दा बढी दुःखको गहिरो कथा छ – राज्यको बेवास्ता, नेताको ढिलासुस्ती र जनताको अनावश्यक सहनशीलता । बरु मंगल ग्रहमा रकेट पठाउन सजिलो भयो तर हुम्लासम्म गाडी पुग्न भने ४ दशक लाग्यो । अब नेताजीलाई फूलमाला हैन, ‘समयमै किन नगरेको?’ भन्ने प्रश्न गर्नुपर्छ ।

वि.सं. २०८२ असार २२ — “ऐतिहासिक” भनिएको दिन। तर सत्य के हो भने, यो त्यो दिन हो, जब सरकारले आफैँको नालायकी छतमा चढेर माइकिङ गर्यो”।

घोषणा भयो – “हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो!” बधाईको भेल बग्न थाल्यो । तर यथार्थ के हो भने यो होइन गर्वको दिन, यो त लाजको कालो दिन हो ।

श्रेयको होड, शिलान्यासको शृङ्खला
४० वर्ष ढिला गरेको कामलाई नेताजीहरू यति धुजुक्क भएर प्रस्तुत गर्दैछन् । जस्तो कि बेलिब्रिज बनाउँदा उनीहरू आफैँ फलाम बोकेर कर्णाली तरेका हुन् । कतिसम्म भने, फोटो खिच्नकै लागि शिलान्यास, उद्घाटन, अवलोकन, निरीक्षण – सबैको पूनरावृत्ति भयो । काम भएन, तर क्यामेरा कहिल्यै बन्द भएन । “मैले जोडेको सडक हो!” भन्दै गर्जिने नेताजी, तपाईंलाई त लज्जा पनि आयो जस्तो लाग्दैन है !

विकासको नाममा प्रचार र गुणगान
“अब हुम्लामा गाडी पुग्छ” भनेर जति गर्जिए, त्यतिनै गरी कच्ची सडकमा गाडी चिप्लिन्छ। हिजो हवाईजहाजको भरमा बाँचेका नागरिक आज हिलो र ढुंगामुनि किचिएर ट्राफिक अपडेटमा परे। तर नेताहरूको पोस्टर हेरौं — बाँया हात हावामा, दायाँ हात सडकमा । “यो मेरै सपना थियो!” भन्दै भाषणको बकबक। सपना तपाईंको थियो, दुःख चाहिँ जनताको, र पैसा चाहिँ ठेकेदारको झोलामा।

भाँडमा जाओस् यस्तो विकास !
हाम्रो गाउँमा त २०४० सालमै “योजना आयो” भनेर लेखिएको थियो। तर गाडी भने २०८२ मा मात्र देखियो — त्यो पनि नेताजी आउने बेला। कस्तो विडम्बना हो- यो के विकास हो ? यो त ढिलासुस्तीको मूर्तिमान नमुना हो । यो त नागरिकलाई गधा सम्झिएको सरकारी घमण्ड हो।

गाडीभन्दा पहिले सोच फेर
ठूलो कुरा हो सडक पुग्नु। तर अझ ठूलो कुरा— कसरी पुगियो, किन ढिला भयो, अनि को जिम्मेवार हो ? यो सवाल चाहिँ कसैले सोध्दैन । किनभने हामीकहाँ नेता ‘गर्ने होइन, देखाउने’ प्रजातन्त्र चलाउँछन् । फोटोमा पुल, पोस्टमा “देश बदलियो” तर पिडामा जनता, कमिसनमा ठेकेदार !

फोटा होइन, काम गर्ने सरकार चाहियो
अब फूलमालाको राजनीति होइन । अब चाहियो खै, किन ढिला गर्यौट ? भन्ने खालको कठघरामा उभ्याउने शासन । अनि यदि यो देश साँच्चिकै अगाडि बढ्न चाहन्छ भने हुम्ला जस्ता जिल्लालाई प्रयोगशाला बनाउने होइन, प्राथमिकता दिने हो । हुन त नेताजी त भोलि फेरि अर्को पुल शिलान्यास गर्न जानुहुनेछ । तर हामी जनताले भन्नु छ – “लाज मान नेताजी, ४० वर्ष ढिला गरेको कुरालाई इतिहास नबनाउ !”

लेखक: दिक्क नागरिक जसको गाउँमा अझै बिजुली छैन, तर सेलिब्रिटी नेताको पोस्टर छ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x