साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढो हुन

प्यूँथ्याे दारु चुरोट नित्य धतुरो, धेरै थियो वैगुन। यस्तो आदतको भए मनुजले, पर्दैन बूढो हुन।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

वैँसैमा बिचरा उमेर नपुगी, ती भाग्यमानी गए
बाँच्नेले विचली परेर बिचरा, माथा समाई रुए ।
पुर्खाको अरती सुनेर नबुझी हिँड्नेहरू हो सुन
लागे हुन्छ छिटोगरी कुलतमा पर्दैन बूढो हुन।।१

खायो जाँड र दारु मस्त जसले, आफ्नै कलेजोसँग
आई रात अबेर जो त घरमा, जोरिन्छ बाबासँग।
जानेछन् असती रुँदै नरकमा, पूरा नपुग्दै दिन
त्यस्तो मानवले कुनै किसमले पर्दैन बूढो हुन।।२

आयो नित्य नसा पिएर घरमा, मुठ्ठी उठाईकन
हिर्क्यायो सिरमा कसेर बलले, चुल्ठो समाईकन।
रुन्छन् बालकले बिलाप गरदै, ए दुष्ट हो लौ सुन
मर्नेछौ कलिलै उमेर नपुगी, पर्दैन बूढो हुन।।३

आजैबाट सुरू गरौँ युवकको, खोजी कुलत् सङ्गत
लठ्ठी टेक्न नपाइ बृद्ध नहुँदै,चाँडै मरौला तब।
हाम्रा बाउबराजु झै भुवनमा बच्ला कि कोही जन
खाएमा धतुरो र भाँङ मदिरा, पर्दैन बूढो हुन।।४

भरखर चालिसको पुगेर बिचरा लाग्दैछ एक्चालिस
लागी रोग थला परेर घरमा, मर्दैछ भन्छन् नि त।
प्यूँथ्याे दारु चुरोट नित्य धतुरो, धेरै थियो वैगुन
यस्तो आदतको भए मनुजले, पर्दैन बूढो हुन।।५

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x