उत्तमकृष्ण मजगैयाँबडाको बकपत्र
किन कोकोहोलो अरू चैनले सुतेको बेला ? यस्ताको सर्वश्वै लुटियो त के भो ? शान्त पोखरीमा हलचल ल्याउन खोज्ने भ्यागुताहरू तिमीलाई निर्घात चुटियो त के भो ?

उत्तमकृष्ण मजगैयाँ :
देशको चिन्तामा राती निद्रा नै परेन
संसदमा केही बेर सुतियो त के भो ?
विकासको सपना देख्दादेख्दै निद्रा बिथोल्नेहरू हो !
तिमीलाई रोष्टममै बेसरी कुटियो त के भो ?
घरपछि गाउँ- जिल्ला, अनि पो सिङ्गो राष्ट्र
विकासको जग हाल्न जुटियो त के भो ?
मह काट्नेले हात चाट्ने नै त भयो,
कमिसनको केही धन धुतियो त के भो ?
प्रजातन्त्र हो भनेर मनपरि बोल्न भएन नि
यस्ताको जिब्रो नै थुतियो त के भो ?
किन कोकोहोलो अरू चैनले सुतेको बेला ?
यस्ताको सर्वश्वै लुटियो त के भो ?
शान्त पोखरीमा हलचल ल्याउन खोज्ने भ्यागुताहरू
तिमीलाई निर्घात चुटियो त के भो ?
किन यो विद्रोह प्रजातन्त्र आइसकेको बेला
यस्ताको ज्यानै भेटियो त के भो ?
०००
दाङ
तिमी नरहे देश डुब्न्या छ (२०५६)
Subscribe
Login
0 Comments
Oldest







































