साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बडाको बकपत्र

किन कोकोहोलो अरू चैनले सुतेको बेला ? यस्ताको सर्वश्वै लुटियो त के भो ? शान्त पोखरीमा हलचल ल्याउन खोज्ने भ्यागुताहरू तिमीलाई निर्घात चुटियो त के भो ?

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

देशको चिन्तामा राती निद्रा नै परेन
संसदमा केही बेर सुतियो त के भो ?

विकासको सपना देख्दादेख्दै निद्रा बिथोल्नेहरू हो !
तिमीलाई रोष्टममै बेसरी कुटियो त के भो ?

घरपछि गाउँ- जिल्ला, अनि पो सिङ्गो राष्ट्र
विकासको जग हाल्न जुटियो त के भो ?

मह काट्‌नेले हात चाट्ने नै त भयो,
कमिसनको केही धन धुतियो त के भो ?

प्रजातन्त्र हो भनेर मनपरि बोल्न भएन नि
यस्ताको जिब्रो नै थुतियो त के भो ?

किन कोकोहोलो अरू चैनले सुतेको बेला ?
यस्ताको सर्वश्वै लुटियो त के भो ?

शान्त पोखरीमा हलचल ल्याउन खोज्ने भ्यागुताहरू
तिमीलाई निर्घात चुटियो त के भो ?

किन यो विद्रोह प्रजातन्त्र आइसकेको बेला
यस्ताको ज्यानै भेटियो त के भो ?

०००
दाङ
तिमी नरहे देश डुब्न्या छ (२०५६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x