साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिसमहलबाट ढुङ्गाको वर्षा ?

विडम्बना, आज तिमी सिसमहलमा छौ अरुका घरमा ढुङ्गा हानेर आत्मरतिमा मग्न छौ। सिसाको घरभित्र बसेर अरुलाई ढुङ्गा हान्ने कुन राजा इतिहासमा अकन्टक भएको छ र ?

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

तिमी भुइँमा थियौ
तिमीलाई काँधमा उचालेर
माथि पुर्याउने म नै थिएँ।

जब तिमी माथि पुग्यौ
मेरो टाउकोमा बन्चरो हान्ने
तिमी नै भयौ।

जुन बेला तिमी भोको थियौ
आफ्नो पेट काटेर
तिम्रो पेटभरी दिने म नै थिएँ।

जब तिम्रो हैसियत बदलियो र
भुजा ज्युनार गर्ने भयौ,
मेरो पेटमा लात हान्ने
तिमी नै भयौ।

जुन बेला तिमी असक्त थियौ
तिम्रो यात्राको लट्ठी म नै थिएँ।
तिम्रो अलमलमा
तिमीलाई गन्तव्य देखाउने सारथी म नै थिएँ ।

जब तिम्रो साथमा नन्दीभृङ्गीहरुको
झुण्ड बाक्लियो
मेरो सदासयतामाथि आगो झोस्ने
तिमी नै भयौ।

विडम्बना,
आज तिमी सिसमहलमा छौ
अरुका घरमा ढुङ्गा हानेर
आत्मरतिमा मग्न छौ।

सिसाको घरभित्र बसेर
अरुलाई ढुङ्गा हान्ने
कुन राजा
इतिहासमा अकन्टक
भएको छ र ?

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x