साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँगा

प्रहरीले सुन र लागुऔषध बरामद गर्छ भित्रभित्रै चलखेल हुन्छ सरकारको नीति तथा कार्यक्रम फेल हुन्छ । प्रशासनले व्यापारीको गोदाममा छापा मार्छु भन्छ बन्द, हडताल र चक्काजाम हुन्छ । धरोधर्म !

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

जुँगा भन्नु जातीयता हो
जुँगा भन्नु नागरिकता हो।
जुँगा छ र नै जाँगर छ
जुँगा छ र नै शान छ।
जुँगा-जुँगाकै घमासान छ
जुँगा-जुँगामै खुट्टा तानातान छ।

जुँगा चलेपछि मिडिया चल्मलाउँछ,
र, पत्रकारिता चल्छ ।
जुँगा चिलाएपछि
क्याबिनेटको बैठक बस्छ।
जुँगा फर्फराएपछि संसद्लाई सनक चढ्छ,
र, बैठक अवरुद्ध हुन्छ ।
जुँगा बटारिएपछि
लैनचौरको रक्तचाप बढ्छ ।
जुँगा केलाएपछि
लाजिम्पाटलाई ज्वरो आउँछ ।

जुँगा मिले भने
काले-काले मिलेर
भाले पनि खान्छन्,
र, संविधान पनि बनाउँछन् ।
वैदेशिक सहयोग र अनुदान बढ्ने आश पनि हुन्छ
बजेट पास पनि हुन्छ ।

जुगा जुधे भने
पार्टी फुट्छ
बैरीको कपास फुट्छ
प्रहरीले सुन र लागुऔषध बरामद गर्छ
भित्रभित्रै चलखेल हुन्छ
सरकारको नीति तथा कार्यक्रम फेल हुन्छ ।
प्रशासनले व्यापारीको गोदाममा
छापा मार्छु भन्छ
बन्द, हडताल र चक्काजाम हुन्छ ।
धरोधर्म !
जुँगा जुधे भने कसैले कसैलाई गन्दैन
अरू कुरा गोली मार्दिनुस् ।
एक, दुई, तीन… नियम कानून केही भन्दैन ।
जुँगा-
देखिने पनि हुन्छ
नदेखिने पनि हुन्छ
नाकमुनिको जुँगा त नमुना मात्र हो
सबैभन्दा शानदार र शक्तिशाली जुँगा त
छातीभित्र गोदाममा हुन्छ ।

०००
सिनामङ्गल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x