साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नत्र हाम्रो गणतन्त्र धरापमा पर्छ

गणतन्त्रप्रतिको विकर्षण बढ्दै जान्छ गणतन्त्रलाई बाईबाई हुँदै जान्छ अनि हाम्रो कुर्सीलाई खतरा हुँदैन ? उसलाई कतै पनि कोहीसँग भेट्न दिनु हुँदैन नत्र हाम्रो गणतन्त्र धरापमा पर्छ ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

उसलाई कतै पनि घुम्न दिनु हुँदैन
नत्र हाम्रो गणतन्त्र धरापमा पर्छ ।
ऊ आज जुम्लामा छ
भोलि झापा जाला
पर्सि दार्चुला पुग्ला
निपर्सि हिमाल, पहाड र तराईतिर ढिम्केला
अनि हामीले हात बाँधेर कसरी टुलुटुलु हेर्नु !
उसलाई कतै पनि फोटो खिच्न दिनु हुँदैन
नत्र हाम्रो गणतन्त्र धरापमा पर्छ ।
उसले त्यहाँ मीठो बोल्ला
महिलाहरूलाई नजिस्क्याउला
चन्दा नउठाउला
भट्टीमा जाँडरक्सी नखाला
मान्छेहरूलाई नपिट्ला/नमार्ला
टिलपिल टिलपिल भएर सडकमा नसुत्ला
अनि हामीलाई अप्ठेरो पर्दैन ?
उसलाई कतै पनि भिडिओ बनाउन दिनु हुँदैन
नत्र हाम्रो गणतन्त्र धरापमा पर्छ ।
तपाईँहरूलाई थाहै छ नि !
ऊ गणतन्त्र विरोधी हो
उसको हरेक क्रियाकलापले गणतन्त्र कमजोर हुँदै जान्छ
गणतन्त्रप्रतिको विकर्षण बढ्दै जान्छ
गणतन्त्रलाई बाईबाई हुँदै जान्छ
अनि हाम्रो कुर्सीलाई खतरा हुँदैन ?
उसलाई कतै पनि कोहीसँग भेट्न दिनु हुँदैन
नत्र हाम्रो गणतन्त्र धरापमा पर्छ ।

०००
हृटाैँडा
२०८२ साउन १९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x